कर छलीको आरोपमा मुद्दा दायर

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नक्कली भ्याट बिल बनाई कर छलेको आरोपमा राजस्व अनुसन्धान विभागले दुईवटा कम्पनीका सञ्चालकविरुद्ध ४० करोड ६१ लाख रुपैयाँ बिगो मागदाबी गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले न्यु सागर प्लास्टिक कन्सर्नका सञ्चालकहरु सञ्जु किजु र सागर किजुमाथि मुद्दा दायर गरेको हो । उनीहरुमाथि बिगोको दोब्बर जरिवाना र कैद सजायको मागदाबी पनि छ । राजस्व छलेको अभियोगमा बंगलामुखी जेभीका सञ्चालक रोशनकुमार श्रेष्ठविरुद्ध पनि मुद्दा दर्ता भएको कान्तिपुर दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया