रसुवागढी भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा १० अर्व ६० करोड २४ लाख १९ हजार रुपैया राजश्व संकलन गरेको छ । यो वार्षिक लक्ष्यभन्दा १ सय ११.५३ प्रतिशतले वृद्धि भएको हो ।
चालु आर्थिक बर्षमा ९ अर्व ५० करोड ६२ लाख ६२ हजार रुपैया राजश्व उठाउने लक्ष्य दिएको थियो । नाकाबाट आयात तथा निर्यात गरी बार्षिक लक्ष्यभन्दा १ सय ११.५३ प्रतिशतले बढेको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए ।
आव २०७२/०७३ मा २ अर्व ४ करोड ४६ लाख ८७ हजार ७ सय ४४, ०७३/७४ मा २ अर्व ९२ करोड १८ लाख २ हजार, २०७४/७५ मा ४ अर्व ५९ करोड २३ लाख १९ हजार राजस्व संकलन गरेको कार्यालयको तथ्याङकमा रहेको छ ।
रसुवागढी नाका हुदै चीनको केरुङबाट तयारी लत्ताकपडा, स्याउ, ईलेक्ट्रोनिक सामाग्री, निर्माण सामाग्री, जुता, चप्पल, चश्माको फ्रेम लगाएतका सामग्री आयात भइरहेको छ ।
यस्तै राजस्व बढ्नुमा सामग्रीको मुल्यांकनको पार्ट, विदेशी मुद्राको भाउ र निर्माणका सामग्रीको आयात रहेको प्र्रमुख भन्सार अधिकृत खड्काले बताए । यस नाकाबाट बाँसका मुढा, काठका सामग्री निर्यात भइरहेको छ ।
चालु आर्थिक बर्षमा रसुवागढी भन्सार कार्यालय र नेचुङ भन्सारबाट लक्ष्य भन्दा बढी राजश्व उठेको छ ।