सलाई कोरेर आगो बाल्न सक्छौं कि नाइँ भन फुच्चु
चर्किएका भित्ता माटोले टाल्न सक्छौं कि नाइँ भन फुच्चु ।
बजारका जस्ता चिल्ला घर हुदैनन् हेर गाउँघरमा
बरु ढोका पोत्न,गोबर फाल्न सक्छौं कि नाइँ भन फुच्चु ।
हिँडडुल गर्न गाह्रो होला पहाडका ती बाटो तिमीलाई
उकाली ओरालीमा पाइला चाल्न सक्छौं कि नाइँ भन फुच्चु ।
घरधन्दाको काम सकेर सधैं मेलापात धाउनु पर्छ हेर
घाँस काटेर बस्तुभाउलाई हाल्न सक्छौं कि नाइँ भन फुच्चु ।
भन्दिन म तिमीलाई सुति सुति खान पुग्छ मेरो घरमा
मजदुरी गरेर छोराछोरी पाल्न सक्छौं कि नाइँ भन फुच्चु ।
हाल, नेपालगन्ज
थप यो पनि