जाग

काठमाडाैं

जाग न हो जाग
हे मातृभाषी हो
हामी मातृभाषीहरुले
भाषाको अर्थ र महत्व बुझ्नु पर्यो
यही भाषाले तपाईं हामी
यसैले संसारमा हाम्रो पहिचान दिएको छ भनि सोच्नु पर्यो ।

जाग न हो जाग
मातृभाषी हो !
एक सय तेईस भाषा तपाई हाम्रो
साझा सम्पत्ति हो भनी छिटो बोध हुनु पर्यो ।
मातृभाषाको सट्टा संस्कृत भाषा
बीच बीचमा घुसाउदै र लादिदै छ ।
सो बारे हामी समयमै सचेत हुनु पर्यो ।

जाग न जाग
हे मातृभाषी हो !
हेर न एकल सोच र सामन्तीहरु हो
पून जंग बहादुर र महेन्द्रको एकलभाषीतिर लम्किरहेछ ।
हाम्रो बिन्तिपत्र र बिरोधपत्र बिचारधिन
अवस्थामा नै छ भनी अलमल्याई रहेछ ।

जाग न जाग
हे मातृभाषा हो !
हुदैन भनि बिरोध र बोल्न सक्षम मनुवाहरु
व्यक्तिगत स्वार्थको लागि ललिपपमा झुले जस्तो छ ।
अब नजागे जबर्जस्ती आफ्नो मातृभाषा थन्काएर
भाबी पिँडीहरु संस्कृत भाषा पढ्न विवश हुने छ ।


तपाईको प्रतिक्रिया