कृषिमा आधुनिकीकरणबाट मात्रै समृद्धि सम्भव : मेयर प्रसाई

सर्लाही

सर्लाही हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईले खेती गर्दा प्रबिधि र प्राबिधिकलाई प्रयोग गर्न सकेमात्र उत्पादनमा वृद्धि ल्याउन सकिने र समृद्धि हासिल गर्न सफल हुने बताएको छ। सर्लाहीको पहिलो एक मात्र नमुना विद्यालय महादेव जनता नमुना माध्यामिक विद्यालय हरिवन ८ मा संचालन हुन लागेको बाली विज्ञान कक्षा उद्घाटनपछि बोल्दै मेयरले कृषिको आधुनिकीकरणबाट मात्रै समृद्धि हुने बताएको हो।

तराई कृषिको उर्वर भुमि रहेको र त्यसमा पनि खास गरि हरिवन फलफूल खेती, तरकारी र माछा पालनको लागि उपयुक्त ठाउँ रहेको बताउदै अब त्यस क्षेत्रको उत्पादनको वृद्धिको लागि सिचाइको आवश्यक्त रहेको महसुस गर्दै आफुले त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग संस्था एडिबि (ADB) को सहयोगमा सौर्य उर्जाको लागी डिपिआर (DPR) गरि पठाईसकेको हुँदा अब चाडैं नै हरिवनमा सिचाइको समस्या अन्त्य हुने र उत्पादनमा वृद्धि हुने आफुले बिश्वास राखेको बताए ।

जसबाट प्रति डिप बोर्डिङ बाट ६० हेक्टर जमिन सिचाइ गर्न सकिने मेयर प्रसाईले बताए । जिल्लमै पहिलो बाली बिज्ञानको कक्षा हरिवन नगर अन्तर्गतको विद्यालयमा सुरु हुन गइरहेकोमा आफू खुसी रहेको र कक्षा संचालनमा कुनै समस्या परे त्यसको लागि नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्ध व्यक्त गरे । यो संसार थाम्ने कृषक नै भएता पनि उचित प्रविधिको प्रयोग बिना नै खेती गर्नु हामी पछि पर्नु हो । यसमा राज्यले कृषिको लागि आवश्यक सिचाइको व्यवस्था गर्न नसक्नाले उत्पादनमा वृद्धि गर्न नसकेर खर्च भन्दा आम्दानी कम हुन गएर कृषकहरुले आफू कृषक भएकोमा आत्मग्लानी महसुस गर्न नसक्ने बताए ।

आफू यो समाज र देशकै कमजोर नागरिक ठान्न लागेको बताउदै मेयर प्रसाईले अब हरिवन नगरपालिकामा कुनै पनि कृषक साथीहरुमा त्यस्तो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गरे । अहिलेको समयको माग अनुसारको समय सान्दर्भिक शिक्षा हरिवनमा आएको बताउदै मेयर प्रसाईले अब यसको अध्ययन र उपयोगिताबाट पनि हरिवनले कृषीको र रोजगारिको क्षेत्रमा ठुलो फड्को मार्न सक्ने बताए ।

शिक्षा मानव श्रोत विकास केन्द्रको सहयोगमा बाली विज्ञानको निशुल्क रुपमा ९ कक्षा देखि १२ सम्मको कक्षा सन्चालन हुने भएको छ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका