कास्की सेवा समाज साउदीद्वारा मायादेवीलाई सहयोग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
रियाद, साउदी

कास्की सेवा समाज साउदी अरबले मायादेवी कामीलाई हवाई टिकटका लागि आर्थिक सहयोग गरेको छ ।

समाजले दूतावासको सेल्टरमा रहेकी कास्कीकी मायादेवीलाई रियाद-काठमाडौं चार्टरउडानको टिकटका लागि आर्थिक सहयोग गरेको अध्यक्ष अमर सापकोटाले जानकारी दिए ।

झण्डै पाँचदेखि दूतावासको सेल्टरमा रहेकी कास्कीकी कामी कुवेतबाट कपिल (मालिक)सँगै साउदी आएकी थिइन् । उनी जस्तै कुवेत हुँदै साउदी ल्याएकी घरेलु महिला कामदारहरू दूतावासको सम्पर्क आएकाहरुको उद्धार गर्दै आएको दूतावासकी द्वितीय सचिव तारा गौतमले जानकारी दिइन् ।

पछिल्लोपटक कुवेतबाट कपिललेसँगै लिएर आउने र साउदीमै छोडेर जानेको संख्या बढ्ने गरेको छ । हाल भने कोरोना भाइरसका कारण कुवेत-साउदी सडक मार्ग बन्द रहेको छ ।


समाजले दूतावासकी द्वितीय सचिव तारा गौतम, संस्थाका संरक्षक अमृत पौडेलको उपस्थितिमा १ हजार ७५० साउदी रियाल कास्कीकी मायादेवीलाई सहयोग हस्तान्तरण गरेको थियो ।

तपाईको प्रतिक्रिया