एकै दिन ७४० मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु   

सैलुङअनलाइन
सैलुङअनलाइन

देशभर २४ घण्टामा थप ७४० जना सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न २३ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ७४० जनामा सङ्क्रमण भएको जानकारी दिए ।

योसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म छ हजार १४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ८२३ जना उपचारपछि घर फर्किएका छन् ।

थप एक जनाको मृत्यु    

कोरोना भाइरस सङ्क्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । बानेश्वर बस्ने ८० वर्षका एक जना पुरुषको मृत्यु भएको मन्त्रालयले जानकारी दिनएको छ । मुटुको समस्या भएको उहाँको काठमाडौँको एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।


त्यसैगरी कोभिड–१९ बाट ५०० भन्दा बढी सङ्क्रमण हुने जिल्लाहरुमा पाल्पा, सर्लाइ, रौतहट, दाङ, दैलेख, कैलाली, कपिलवस्तु महोत्तरी रहेका छन् ।

तपाईको प्रतिक्रिया