‘झिमझिम परेली…’ सार्वजनिक

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

दुवै कान नसुन्ने र बोल्न नसकन्ने बहिरा कलाकार सुजल बम अभिनित म्युजिक भिडियो ‘झिमझिम परेली…’ सार्वजनिक भएको छ । राजधानीमा मिलापको आयोजनामा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै भिडियो सार्वजनिक भएको हो ।

गीत सार्वजनिक समारोहमा बहिरा कलाकारले व्यवसायिक रुपमा अभिनय गरेको गीतको भिडियो विश्वमा नै पहिलो भएको भन्दै एभरेष्ट वल्र्ड रेकर्ड कलाकार सुजल बमलाई प्रदान गरिएको थियो । उनलाई एभरेष्ट वल्र्ड रेकर्डका मथुरा श्रेष्ठले रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

डा. डीआर उपाध्यायले लेखेको गीतमा सन्तोष श्रेष्ठको सङ्गीत, कविता सिवाकोटीको स्वर रहेको छ । वसन्त सापकोटाको निर्देशन रहेको गीतको भिडियोमा माइकल चन्दको नृत्य निर्देशन, अर्जुन सापकोटाको छायाँकन, सिलोन लम्सालको सम्पादन रहेको छ भने नारायण आचार्य ‘ह्याप्पी’को पनि अभिनय रहेको छ ।

बमद्धारा अभिनित भिडियो उत्कृष्ट रहेको अतिथिहरुले बताएका थिए । सो अवसरमा गीतको भिडियोसँग सम्बन्धित सबैलाई मायाको चिनो प्रदान गरिएको थियो । गीतकार डा. डीआर उपाध्यायलाई मिलाप सम्मान प्रदान गरिएको थियो ।
सङ्गीत नाट्य तथा कला प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपालका पहिलो बहिरा सभासद राधवीर जोशी, केन्द्रिय बहिरा महासंघ नेपाल उपाध्यक्ष सत्यदेवी वाग्ले, महासचिव सुर्यबहादुर बुढाथोकी, केन्द्रिय बहिरा माध्यमिक विद्यालयका प्राचार्य उपेन्द्र पराजुलीलगायतको आतिथ्यतामा गीतिको भिडियो सार्वजनिक गरिएको हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया