पिसीआर मेसिन खरिद गर्दै रसुवा

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

जिल्लामा कोरोना सक्रमित भेटिएपछि पिसिआर मेसिन खरिद पक्रिया अगाडि बढाएको छ। । खर्च नभएको रकमलाई उपयोग गरि पिसिआर परीक्षण गरिने मेसिन खरिद गरिन लागेको हो ।

जिल्ला विपत व्यवस्थापन समितिले असार ११ गते निर्णय गरेर सवै गाउँपालिकाको लागत साझेदारीमा पिसिआर मेसिन र त्यसको लागि आवश्यक केमिकल खरिद गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) रसुवाले निर्वाचन क्षेत्र विकास कोष अन्तरगत रहेको स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमले खर्च गर्न नसकेको चालू आर्थिक बर्षको ४६ लाख रकम पिसिआर मेसिन खरिदमा खर्च गर्ने निर्णय गरेको छ ।

चालू आर्थिक बर्षका लागि स्थानिय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तरगत विनियोजित रकममध्ये खर्च नभएको बजेट कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्ने सरकारको निर्णय अनुसार रसुवाले सो निति अवलम्बन गरेको हो ।


स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रमअन्तरगत रसुवाको पाँचवटा गाउँपालिकामा ६ करोड विनियोजित रकममध्ये कालिका गाउँपालिकामा ४० लाख, गोसाईकुन्ड गाउँपालिकामा ६ लाख गरि ४६ लाख खर्च नभई बचत भएको छ ।

उक्त रकम स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत कोभिड-१९ रोकथाम, नियन्त्रण, निदान र उपचार खर्च गर्ने व्यवस्था भए बमोजिम गाउँपालिकाबाटै बचत रकमको लेखा व्यवस्था गर्ने गरि ४६ लाखको पिसिआर मेसिन लगाएत स्वास्थ्य सामग्री खरिद गरिने भएको हो ।

रसुवाको पाँचैवटा गाउँपालिकामा स्वाव सङकलन गर्ने व्यवस्था गरि खरिद गरिएको पिसिआर मेसिन सदरमुकाम धुन्चेमा राखिने जनाएको छ । मेसिन सन्चालन तथा व्यवस्थापन का लागि विपद व्यवस्थापन समिति, जिल्ला सङकट व्यवस्थापन केन्द्र र गाउँपालिकाले समन्यात्मक रूपमा गर्ने जनाएको छ ।

स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठका अनुसार रसुवा जिल्लामा कोरोना सक्रमित गएको शनिवार देखापरेको छ । गएको सोमवार कुवेत र भारतवाट आएका १७ जनाको पिसिआर परीक्षणका लागि प्रयोगशालामा पठाईएकोमा शनिवार नौ जनामा पोजेटिभ देखिएपछि रसुवामा पनि कोरोना सक्रमित भेटेएका हुन् ।

हालसम्म पाँच सय ३७ जनाको आरडिटि परिक्षण गरिएको छ भने ३२ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेर ल्याबमा पठाईएको छ ।

तपाईको प्रतिक्रिया