साउदीमा कोरोना संक्रमित दुई लाख नाघ्यो

कोरोना निको हुनेको कुल संख्या १ लाख ४० नाघ्यो

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया
saudi

साउदी अरेबियामा शुक्रबार कोरोना भाइरस(कोभिड-१९)को उपचार गरिरहेका ५० जनाले ज्यान गुमाएका छन् ।

उक्त संख्यामा कोरोना उपचार गरिरहेकाहरुले ज्यान गुमाएको यहाँ दैनिक पत्रकार सम्मेलन गरी साउदी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मोहम्मद अल अब्दुलीले जानकारी दिए । उनका अनुसार यहाँ कुल मृत्यु हुनेको संख्या १ हजार ८०२ पुगेका छन् ।

त्यसैगरी साउदीभर कोभिड-१९ संक्रमित हुनेको संख्या २ लाख १ हजार ८०१ पुगेको र तीमध्ये आजै ४ हजार १९३ जना नयाँ संक्रमित थपिएको प्रवक्ता डा. अब्दुलीले बताए । प्रवक्ता डा. अब्दुलीका अनुसार यहाँको विभिन्न अस्पतालमा ५९ हजार ३८५ जनाको कोरोनाको संक्रमितको बिशेष उपचार भइरहेका छन् । तीमध्ये २ हजार २९१ जनाको स्थिति गम्भीर रहेको अब्दुलीको भनाइ छ ।

आज यहाँ कोरोना उपचार गरिरहेका २ हजार ९४५ जना निको भएर घर फर्किएका प्रवक्ता डा. अब्दुलीले जानकारी दिए । यो सँगै उनका अनुसार हालसम्म उपचारपछि निको भइ घर फर्किएका कुल संख्या १ लाख ४० हजार ६१४ जना पुगेका छन् ।


शुक्रबारको अपडेटअनुसार कोरोना नयाँ संक्रमितभन्दाउ पचारपछि निको हुनेको संख्याभन्दा १ हजार २४८ बढी छन् ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा. अब्दुलालीले आग्रह गरे ।

त्यसैगरी यहाँको ठुला शहरहरु हालसम्म रियादमा सबैभन्दा बढी ४७ हजार ४३३ रहेका छन् । त्यस्तै हफुफ ११ हजार ७३९, मक्कामा २५ हजार २३६, मदिना १४ हजार १२९, दमाम १३हजार २१, जेद्दा २५ हजार ५११, अल तैफ ६ हजार १३, अल कातिफ ५ हजार ६७८, खोबार ५ हजार ५७२, जुबेल ४ हजार १३६, खमिस मुसायत ३ हजार ६६, अल मुबाराज ३ हजार १५६, दहराइन २ हजार ३६७, बुरैद २ हजार २२९ र आभा २ हजार ४४ पुगेका छन् ।

यहाँका हाइल १ हजार ६३६, दिरियाह १ हजार ३७८, ताबुक १ हजार ४२४, बयश १ हजार ९३, सफ्वा १ हजार १५९, नजरान १ हजार ३१४ र हफर अल बतिन १ हजार ३७२ जना रहेका छन् , भने अन्य शहरहरुमा कोरोना संक्रमित हजारभन्दा तल संख्यामा रहेको जनाइएको छ ।

साउदीमा हालसम्म १ हजार ३६४ जना नेपाली कोरोना संक्रमित भएको नेपाली दूतावासले जानकारी दिए । दूतावासका अनुसार कोरोना संक्रमित उपचारपछि निको संख्या उत्साह जनक रहेका छन् । त्यस्तै कोरोना उपचारका क्रममा एक दर्जनभन्दा धेरै जनाले ज्यान गुमाएका छन् ।

थप यो पनि

साउदीमा कोरोना निको हुनेको संख्या ६४ हजार, सार्वजनिक यातायात सुचारु

साउदीमा कोरोना निको हुनेको संख्या एक लाख ३३ हजार, बुधबारबाट १० प्रतिशत कर बढ्यो

साउदीमा मंगलबार ३६ सय कोरोना निको, जुलाईबाट १० प्रतिशत कर बढ्ने

 

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका