आचार्य पुनः नेपाली कांग्रेसमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
खोटाङ

नेकपाका जिल्लास्तरीय नेता उमेशचन्द्र आचार्य पुनः नेपाली कांग्रेसमा फर्किएका छ । अर्याललाई खोटाङ सभापति प्रेम राई लगायतले स्वागत गरेका थियो । आचार्य नेपाली कांग्रेस खोटाङका तत्कालीन सदस्य समेत हुन् ।

दिक्तेलस्थित सगरमाथा होटलमा शुक्रबार एक कार्यक्रम गरि आचार्यले पुनः कांग्रेसमा फर्किएको हो । आचार्यले कांग्रेस परित्याग गरेर ठूलो भूल गरेको महशुस गर्दै २५ वर्षदेखिको निरन्तरतालाई पुनः अंगाल्ने निर्णयका फर्किएको बताए ।

पुनः कांग्रेसमा प्रवेश गरेका आचार्यले विज्ञप्ति जारी गरेर नेकपा परित्याग गरेको घोषणा गरेको छ । उनले गत फागुनमा कांग्रेस परित्याग गरेको थियो । कार्यक्रममा कांग्रेसका खोटाङ सचिव ज्ञानेन्द्र जोशी, जिल्ला सदस्यद्वय प्रकाश श्रेष्ठ, दिनेश घिमिरे, नगर सभापति दुर्गा घिमिरे, नेपाल तरुण दलका उपाध्यक्ष सञ्जयकुमार राई लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका