बैनाबट्टाको दुई गीत सार्वजनिक

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

नेपाली कथानक चलचित्र बैनाबट्टाको दुई गीत सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बैनाबट्टा र पालमख्याली बोलको गीत सार्वजनिक भएको हो । गीतमा दिपक लिम्बु, मेलिना राई, दिपा लामा, सन्तोष राई, राजु लिम्बुले स्वर दिएका छन् । बुद्धराज इंवा, राज चाम्लिङ र सन्तोष राईले संगीत र राजु कार्की, कृष्ण सावदेन र थोमस राईले एरेञ्ज गरेका छन् ।

कार्यक्रममा संघीय समाजवादी पार्टी नेपालका महासचिव रणध्वज कन्दङ्वाले शुभकामना दिदै चलचित्रमा पुर्वको लिम्बु जातिको संस्कार र संस्कृतिलाई समेटिएकोमा खुशी व्यक्त गरे । उनले थपे, हाम्रो इतिहासको बिरासत र बर्तमानमा भइरहेको कुराहरु चलचित्रबाट उठान हुनुपर्नेछ ।

यसैगरी अतिथि खगेन्द्र माखिमले फिल्ममा कथा मात्रै हुदैन, पात्रको भुमिका पनि उत्तिकै राम्रो हुनुपर्ने बताए । कथा अनुसार पात्र पनि मिल्नुपर्ने बताउदै समाजलाई सुहाउँदो कथावस्तु बोकेको यस चलचित्रमा भएको उल्लेख गरे ।
भदौ महिनाबाट देशभर प्रदर्शनको तयारी रहेको चलचित्रमा बाबु मोक्तान ‘विएल’, रस्मिला तामाङ, देवेन्द्र नेम्वाङ, कविता राई, रोमनसिंह अनछङ्बो, कृष्णराज नेम्वाङ, पुष्पराज आङबुहाङ, अर्जुन श्रेष्ठ, पूर्ण पोर्तेल, नरेश वनेम, माया लावती आङदेम्बे, सिता लिम्बु लगायतले अभिनय गरेका छन् ।

चलिचत्रको प्रदेश नं. १ स्थित लिम्बुवानका ऐतिहासिक एवं रमणीय स्थलहरुमा छायांकन गरिएको निर्माता प्रेमराज लावतीले जानकारी दिए ।

चलचित्रमा लिम्बु जातिको बैनाबट्टा प्रथालाई विषयवस्तु बनाएको निर्देशक राज चाम्लिङले बताए ।

सोही कार्यकममा चलचित्रका सम्पूर्ण परिवारलाई मायको चिनो प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका