अपांग गोलेलाई तामाङ परिवारद्वारा आर्थिक सहयोग

काठमाडौं

सामाजिक सहयोगका लागि सदैव तत्पर रहन आजभोलि देश तथा विदेशमा थुप्रै संघसंस्थाहरु रहेको पाइन्छ । देशविदेशमा हुने गरेको यी संस्थाहरुले आपतकालीन घडीमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्दै आएको पनि देख्न सकिन्छ।

तीमध्ये तामाङ परिवार सेवा समाज पनि एक यस्तो संस्था हो जुन संस्थाले गरीब दुखी र असहायहरुलाई निरन्तर सेवा दिदै आइरहेको छ । केहिदिन अघिमात्र शारीरिक अशक्त(अपांग) २१ वर्षीय विकास गोलेलाई यस संस्थाले आर्थिक सहयोग गरेको छ ।

कहालीलाग्दो जीवनयापन गर्दै आएका पीडित गोले जन्मजातै अपांग थिए । दक्षिणकाली नगरपालिका-७ कोपु गाउँ निवासी गोलेलाई तामाङ परिवार सेवा समाजमा आबद्ध वैदेशिक रोजगारीमा रहेका मनकारी व्यक्तिहरुबाट संकलन गरेको ७६ हजार २०८ रुपैयाँ र सहभागी एकजनाको २ हजार रुपैयाँँ सहित ७८ हजार २०८ रुपैयाँ  पुर्व डिएसपी तथा अधिवक्ता तामाङ समुदायको अग्रज व्यक्तित्व तथा संस्थाको कानुनी सल्लाहकार चुडादेव लामा सहितको टोलीले हस्तान्तरण गरियो ।

यसअघि पनि उक्त संस्थाले सिन्धुली निवासी कमल थिङलाई ब्लड मनि सहयोग पुर्‍याएका थिए । भने कोभिड-१९ को विषम परिस्थितिमामा मजदुरहरुलाई राहतस्वरूप ६८ बोरा चामल, एक सय किलो दाल र ३० किलो नुन वितरण गरेको संस्थाका व्यवस्थापन विभाग अरुण घिसिङ तामाङले सैलुङ अनलाइनलाई जानकारी दिए ।


तपाईको प्रतिक्रिया

पत्रपत्रिका