साउदीमा कोरोना उपचारपछि एक लाख ४३ हजारभन्दा धेरै घर फर्के

शनिबार २६ सयभन्दा धेरै संक्रमित निको

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया
Saudi

साउदी अरेबियामा शनिबार कोरोना भाइरस(कोभिड-१९) नयाँ संक्रमित ४ हजार १२८ थपिएका छन् । उक्त संख्यामा कोभिड-१९ थपिएको यहाँ दैनिक पत्रकार सम्मेलन गरी साउदी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मोहम्मद अल अब्दुलीले जानकारी दिए ।

उनका अनुसार यहाँ कुल कोरोना संक्रमित २ लाख ५ हजार ९२९ पुगेका छन् । तीमध्ये ६० हजार ८१५ यहाँको विभिन्न अस्पतालमा बिशेष उपचार लिइरहेको र २ हजार २९५ जनाको स्थिति गम्भीर रहेको प्रवक्ता डा. अब्दुलीले बताए ।

त्यसैगरी आज कोरोना भाइरस (कोभिड-१९)को उपचार गरिरहेका २ हजार ६४२ जना निको भएर घर फर्किएको प्रवक्ता डा. अब्दुलीले जानकारी दिए । उनका अनुसार हालसम्म कोरोना संक्रमित उपचारपछि निको हुनेको कुल संख्या १ लाख ४३ हजार २५६ पुगेका छन् ।

हालसम्म साउदीभर कोरोनाबाट १ हजार ८५८ जनाले उपचारका क्रममा ज्यान गुमाए । तीमध्ये आजै मात्रै विशेष उपचार लिइरहेको ५६ जनाको मृत्यु भएको प्रवक्ता डा. अब्दुलीले बताए ।


आजको अपडेटअनुसार कोरोना नयाँ संक्रमितभन्दाउ पचारपछि निको हुनेको संख्याभन्दा १ हजार ४८६ बढी छन् ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा. अब्दुलालीले आग्रह गरे ।

त्यसैगरी यहाँ आज नयाँ संक्रमित हुनेहरू सबैभन्दा बढी राजधानी रियादमा ३६० रहेका छन् । त्यस्तै हफुफ २१७, मक्का २१२, मदिना १४२, दमाम १४०, जेद्दा १६९, तैफ २०४, अल कातिफ २१४, खोबार १५१, जुबेल ४ हजार १३६, खमिस मुसायत २०१, अल मुबाराज १७५, अल खर्ज २०७,बिशह १०४, नजरान ९०, दहराइन १४०, बुरैद ७१ र आभा १२५ हाफर अल बातिन ६७ र उहोड राफिदह ६१ रहेका छन् । साथै अन्य शहरहरुमा कोरोना नयाँ संक्रमित पचासभन्दा तल संख्यामा रहेको जनाइएको छ ।

साउदीमा हालसम्म १ हजार ३६४ जना नेपाली कोरोना संक्रमित भएको नेपाली दूतावासले जानकारी दिए । दूतावासका अनुसार कोरोना संक्रमित उपचारपछि निको संख्या उत्साह जनक रहेका छन् । त्यस्तै कोरोना उपचारका क्रममा एक दर्जनभन्दा धेरै जनाले ज्यान गुमाएका छन् ।

थप यो पनि

साउदीबाट एकै दिन तीन उडान, एक्जिट नलागेकाले टिकट खरिद नगर्न आग्रह

साउदीमा कोरोना संक्रमित दुई लाख नाघ्यो

साउदीमा कोरोना निको हुनेको संख्या ६४ हजार, सार्वजनिक यातायात सुचारु

तपाईको प्रतिक्रिया

पत्रपत्रिका