नृत्य निर्देशक संघ भक्तपुर शाखाले सदस्यहरुलाई राहतस्वरुप नगद सहयोग

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
7 Shares
भक्तपुर

नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाले कार्य समितिका सदस्यहरुलाई जनही पाँच हजार नगद सहयोग गरेको छ । कोरोनाको माहमारीलाई मध्यनजर गरी नृत्यका गतिविधिहरु ठप्प भएकाले उनीहरुको जीवनयापनमा राहतस्वरुप सहयोग गरेका हुन् ।

ख्वप टेलिभिजनका निर्देशक तथा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय सदस्य ऋषिकेश श्रेष्ठले आगामी दिनमा पनि अझै राम्रो कार्य गर्दै यस्तो अवस्थामा सुरक्षित रहि यो कार्यको प्रशंसा गरेको छ ।

सभालाई विसर्जन गर्दै संघका अध्यक्ष दिपक बज्राचार्यज्युले सम्पूर्ण सदस्यहरूलाई सुरक्षित रहि बस्न अनुरोध गर्दै आगामी दिनमा अझै राम्रो कार्य गर्ने भनाइ राख्दै सहभागी सम्पूर्णलाई धन्यवाद दिएको छ ।

कार्यक्रम सञ्चालन सचिव चुडामणि फुयालले गरिएको थियोे ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका