मन्त्री गुरुङको नेतृत्वमा सातै प्रदेशमा दबाब अभियान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको नेतृत्वमा सातै प्रदेशमा एकताका लागि दबाब अभियान चलाउने निर्णय गरेको छ ।

नेकपा अध्यक्षद्घय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल निकट तेस्रो तहका नेताहरूसँगको शनिबारको बैठकले उक्त निर्णय गरेका हुन् ।

दबाब अभियानमा दुई दर्जनभन्दा बढी सांसद एवं केन्द्रीय सदस्यहरु समेटिएका छन् । पूर्व एमालेबाट मन्त्री गुरुङ, सांसदहरु गणेश पहाडी, खिमलाल भट्टराई, यज्ञराज सुनुवार, लीलानाथ श्रेष्ठ, झपट रावललगायत छन् ।

यसैगरी पूर्वमाओवादीबाट टेकबहादुर बस्नेत, सुरेश राई, कमला रोक्का, श्याम श्रेष्ठलगायत छन् ।


उनीहरुले अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालको समय मिलाएर बैठकको निर्णय सुनाउदै सुझाव दिन संयोजनको जिम्मेवारी मन्त्री गुरुङलाई दिएका हुन् ।

तपाईको प्रतिक्रिया