साउदी अरेबियामा आइतबारसम्म कोरोना भाइरस(कोभिड-१९) नयाँ संक्रमित २ लाख ९ हजार ५०९ जना पुगेका छन् । उक्त संख्यामा कोभिड-१९ पुगेको यहाँ पत्रकार सम्मेलन गरी साउदी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मोहम्मद अल अब्दुलीले जानकारी दिए ।
प्रवक्ता डा. अब्दुलीका अनुसार तीमध्ये ६२ हजार ३५७ जना कोभिड-१९ संक्रमित यहाँको विभिन्न अस्पतालमा बिशेष उपचार लिइरहेका छन् , भने २ हजार २८३ जनाको गम्भीरमा उपचार लिइरहेका छन् ।
त्यसैगरी आज कोरोना भाइरसको उपचार गरिरहेका १ हजार ९८० जना निको भएर घर फर्किएको प्रवक्ता डा. अब्दुलीले जानकारी दिए । उनका अनुसार हालसम्म कोरोना संक्रमित उपचारपछि निको हुनेको कुल संख्या १ लाख ४५ हजार २३६ पुगेका छन् ।
हालसम्म साउदीभर कोरोनाबाट १ हजार ९१६ जनाले उपचारका क्रममा ज्यान गुमाए । तीमध्ये आजै मात्रै विशेष उपचार लिइरहेको ५८ जनाको मृत्यु भएको प्रवक्ता डा. अब्दुलीले बताए । यो मृत्यु हुनेको संख्या हालसम्मकै उच्च हो ।
आजको अपडेटअनुसार कोरोना नयाँ संक्रमितभन्दाउ पचारपछि निको हुनेको संख्याभन्दा १ हजार ६०० बढी छन् ।
यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा. अब्दुलालीले आग्रह गरे ।
यहाँको ठुला शहरहरु हालसम्म संक्रमित हुनेहरू रियादमा सबैभन्दा बढी ४८ हजार १२५ पुगेको प्रवक्ता डा. अब्दुलीले बताए । उनका अनुसार हफुफ १२ हजार ०२२, मक्का २५ हजार ६७८, मदिना १४ हजार ४३०, दमाम १३ हजार ५४२, जेद्दा २५ हजार ८२९, अल तैफ ६ हजार ४८८, अल कातिफ ६ हजार ३, खोबार ५ हजार ७९३, जुबेल ४ हजार १९६, खमिस मुसायत ३ हजार ५०९, अल मुबाराज ३ हजार ३७९ पुगेका छन् ।
त्यसैगरी यहाँको दहरान शहरमा २ हजार ५१८, बुरैद २ हजार ४१४, आभा २ हजार ३४७, हाइल १ हजार ७४१, हाफर अल बातिन १ हजार ५२४, टाबुक १ हजार ५२१, नजरान १ हजार ४४३, दिरियाह १ हजार ३७९, सफ्वा १ हजार २०९, अल खर्ज १ हजार १६२,बयशा १ हजार ११६ र यान्बुमा १ हजार २७ रहेका छन् । साथै अन्य शहरहरुमा कोरोना नयाँ संक्रमित हजारभन्दा तलको संख्यामा रहेको प्रवक्ता डा. अब्दुलीले जानकारी दिए ।
रोजगारीको सिलसिलामा साउदीमा रहेका विभिन्न मुलुकका नागरिकहरुको संक्रमित संख्या साउदी सरकारले खुलाएको छैन । नेपाली दूतावासले संक्रमित निको हुनेको संख्या बढेको कारण यकिन संख्या जानकारीमा नआएको बताए । त्यस्तै हालसम्म विभिन्न स्रोतका अनुसार कोरोना संक्रमित ३५ सयभन्दा धेरै रहेका छन् ,भने मृत्यु हुने नेपालीको संख्या २ दर्जनभन्दा बढी रहेको अनुमान छ ।
थप यो पनि
•साउदीमा कोरोना उपचारपछि एक लाख ४३ हजारभन्दा धेरै घर फर्के