पाँचपोखरी थाङपाल गाउँपालिका हालसम्म गरेका कार्यहरुको विषयमा भच्र्युअल छलफल गरेका छन् । आइतबार गाउँपालिकाले निर्माण गरेका ऐन नियम, कार्यविधिहरु, रचनात्मक कार्यहरु, गत आर्थिक वर्षका विविध सृजनात्मक रचनात्मक कार्यहरुको समीक्षा सहित छलफल गरिएको हो ।
छलफलमा आगामी आर्थिक वर्षको नीति कार्यक्रम बजेट माथिको छलफल गर्दै सम्भावना र चुनौतीबारे भच्र्युअल छलफल गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय परिषदका प्रशासकीय प्रमुख डा. बाबुराम ढुङ्गाना, गाउँपालिकाका अध्यक्ष टासी लामा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वडाध्यक्षहरु, विषयका शाखाका प्रमुखहरु ल्गायत रहेका थिए ।
छलफलमा नीति कार्यक्रम बजेटका प्रमुख प्राथमिकताबारे, कोरोना संकटले निम्त्याएको स्वास्थ्य तथा शैक्षिक र पर्यटन विकासको संकटबारे, सलहको समस्याहरु र कृषि उत्पादन, आर्थिक वर्षको उपलब्धी र प्रशासनिक गतिविधि, भौतिक पूर्वाधार निर्माण (सडक पुलपुलेसा, कृतिम झरना,स्वागतद्वार लगायत विविध) विषयमा भएको थियो ।
गाउँपालिका अध्यक्षले भावी योजना र उपलब्धि सहितको संक्षिप्त समीक्षात्मक विचार राखिएको थियो ।
यसैगरी सबै विषयहरुलाई समेट्दै बजेटको कार्यान्वयन र गत आर्थिक वर्षको समीक्षा सहित प्रमुख प्रशासकिय अधिकृत निरौलाले स्पष्ट र तथ्यपरक विचार व्यक्त गरे ।
युवा परिषदका प्रशासकीय प्रमुख बाबुराम ढुङ्गानाले समग्र गाउँपालिकाको विषयवस्तुको मूल्यांकन गर्दै युवा परिषद्ले खेल्ने भूमिकाबारे पाँचपोखरी थाङपाल गाउँपालिकालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।