रसुवाका नौ जना कोरोनामुक्त

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

रसुवा नौकुण्डमा कोरोना सङ्क्रमित आइतबार निको भएर घर फर्केका छन् ।

असार १३ गते कुवेत र भारतबाट आएका आठ महिला र एक पुरूषमा कोरोना देखिएको थियो । उनीहरू क्वारेन्टाइनमा वस्दै आएको थियो । रिपोर्ट नेगेटिभ भएपछि उनीहरु १४ दिन क्वारेन्टाइन बसाईपछि घर फर्केका हुन् ।

अहिले रिपोर्ट समान्य देखिएपछि उनीहरुलाई घर फर्काईएको हो, स्वास्थ्य कार्यालय रसुवाका प्रमुख तथा डा. किरण श्रेष्ठले भने ।

उतरगया गाउँपालिको एक जनाको पनि स्थिति सामान्य रहेको छ । स्याफ्रुवेसि क्वारेन्टाइनमा वसिरहेकाहरूको पनि स्थिति सामान्य रहेको छ ।


जिल्लामा हालसम्म एक सय आठ जनाको आरडिटी पिसिआर गरिएकोमा १० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

तपाईको प्रतिक्रिया