दोलखामा दाइले गरे भाईको बलात्कार

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
दोलखा

भीमेश्वर नगरपालिका(३, चरिकोटस्थित सदरमुकामकै छेउबाट १२ वर्षीय बालकलाई बलात्कार गरेको अभियोगमा एक २२ बर्षिय पुरुष पक्राउ परेका छन् ।

नगरपालिका(३, स्थित आफ्नै घरमा मंगलबार बेलुका फकाएर बोलाएर काकाको छोरा १२ वर्षीय भाईलाई बलात्कार गरेको अभियोगमा २२ बर्षिय पुरुष पक्राउ परेका हुन् । गुदद्वारमा अप्राकृतिक मैथुन गरेको भन्दै ति पुरुष विरुद्ध किटानी जाहेरी परेको दोलखाका प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले बताए ।

बलात्कारमा परेका बालकको गुदद्वारबाट रक्तश्राव भएर चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र भर्ना भएर बिहिबार डिस्चार्ज भएपछि अभिभावकको जिम्मा लगाईएको डीएसपी पोखरेलले बताए । पक्राउ परेका पुरुषलाई प्रारम्भिक सोधपुछ गर्दा बलात्कार गरेको स्वीकार गरेको डीएसपी पोखरेलले जानकारी दिए ।

उनलाई दोलखा जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान अघि बढाईएको उनले बताए । प्रहरीले बालकको चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रको रिपोर्ट बाहेक विभिन्न भौतिक बस्तुहरुलाई थप परीक्षणको लागि विधि विज्ञान प्रयोगशाला काठमाण्डौं पठाएको छ ।


ति पुरुषलाई मुलुकी अपराध संहिता २०७४ को दफा २२६ को उपदफा ३ बमोजिम मुद्दा चलाइने प्रहरीको भनाई छ । उपदफा ३ मा बालबालिका बिरुद्ध अप्राकृति मैथुन गर्नेलाई दफा २१९ बमोजिम १८ बर्षदेखि २० बर्षसम्म कैद सजाय हुने उल्लेख छ । यो समाचार पत्रकार रवीन्द्र गौतमले अवाज अनलाइन पत्रीका लागि लेखिएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका