लामिछानेको हामी छै साथ…… सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

गायक शिव लामिछाने शिबाजले आफ्नो नयाँ गीत ूहामी छौं साथ छ हातमा हात ू म्युजिक भिडियो सहित निकालेका छन् ।

कृपा अनप्लगड जस्तो चर्चित म्युजिकल शो समेत परिकल्पना तथा निर्माण गरेका गायक शिव लामिछानेले कृपा दृश्य डिजिटल को युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरेका छन् क्ष् हर्कुलस बस्नेत को शब्द तथा संगीत रहेको गीतमा अल्मोडा राना उप्रेतीको संगीत संयोजन रहेको छ भने रञ्जित बल्लभ उप्रेती भिडियो सम्पादन गरेका छन् ।

भिडियोमा कलाकारको रुपमा नेपाल लगायत चीन , जर्मनी , हंगकंग लगायतका देशहरुबाट ४८ जना नेपालीहरुको संग्लनता रहेको छ । महामारीको प्रकोप संगै देशको अर्थ राजनीति आफ्नै तालमा हराइरहेको यो रनभुल्ल परेको स्थितिमा हामी सबै नेपाली दाजुभाई ,दिदि बैनी ,इस्टमित्र , आमाबाबु ,परिवारको मुहारमा केहि उज्यालो आवोश भन्ने मेरो मात्र नभएर हामी सबैको आकांछा रहेको गायक शिब लामिछाने बताउँछन् । उनी थप्छन- विगत देखि नै जे जस्तो परिस्थिति आउँदा पनि हामी नेपालीले हरेक परिस्थितिको सामना गरेका छौं र गर्ने नै छौं। हाम्रो सब भन्दा ठूलो सम्पत्ति भनेको नै एक अर्काको साथ हो । र गायक लामिछानेको यो गीतले पनि भनेको छ – हामी छौं साथ ।

तपाईको प्रतिक्रिया