एनआरएनए जर्मनीको अधिवेसन १६ सेप्टेम्बरमा


गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अधिबेशन आगामी सेप्टेम्बर १६ तारिखको मिति तय भएको छ । संघको अध्यक्ष विजय मोक्तानको अध्यक्षतामा भएको कार्यसमितिको सातौ नियमित बैठकले मिति तय गरेको हो ।

बैठकमा जर्मनीको आगामी योजना र कार्यक्रम तथा अधिवेसन एवं पञ्जीकृत सदस्यता वितरण तथा क्षेत्रीय शाखाहरुको बिस्तार तथा पुनर्गठन एवं क्षेत्रीय अधिवेसन एनआरएनए जर्मनीको अधिवेसन पहिले नै गरिसक्नका लागि कार्यसमितिको सक्रियता र जिम्मेवारीको बारेमा पनि छलफल तथा निर्णय भएको छ । संघलाई जर्मनीमा रहने सबै एनआरएनहरुले अपनोत्व ग्रहण गर्न सक्ने र संघको आर्थिक पारदर्शिता तथा स्वच्छतालाई निरन्तर अगाडी बढाउने प्रतिबद्धतालाई परिमार्जित गरेको छ ।

अधिबेशनका लागि संघको सदस्यता नवीकरण, नयाँ सदस्यता बितरण गर्नका लागि आइटी संयोजकमा रविन लामिछानेलाई जिम्मेवारी दिएको छ । सम्पूर्ण क्षेत्रीय शाखाहरु (एलसीसी) आगामी १५ जुलाईदेखी २५ अगष्ट २०१९ भित्र नयाँ कमिटी गठन गर्नु पर्ने निर्णय गरेको छ । क्षेत्रीय शाखाहरु २२ जुलाई बेर्लिन, २७ जुलाई हेसन र १८ अगष्टमा एनआरडब्लुको लागि मिति तय गरिएका छन् ।

अधिबेशनमा निर्वाचन आयुक्तको लागी पूर्व आइसीसी महिला संयोजक उषा शर्मा र निवर्तमान आइसीसी सदस्य सुरेन्द्र प्रधानलार्इ चयन गरेको छ । निर्वाचन आयोगमा आवश्यकता अनुसार ३ सदस्यहरु थप गर्न सकिने व्यवस्थाको पारित गरेका छन् । बैठकमा संरक्षक, सल्लाहकार, आइसीसी सदस्य, पूर्व आइसीसी सदस्य लगायत कार्यसमितिको सदस्यहरू उपस्थिति थियो ।

आगामी ३-४ अगष्ट २०१९ मा इटलीमा हुने १२औ युरोपेली बैठकमा बिशेष प्रस्तुती र बिगतमा जस्तै राजनीतिक बडावा नदिन अनुरोध सहित बिशेष सहभागीता जनाउने समेत बैठकले निर्णय गरेको छ । एनआरएनए जर्मनी फुटबल कप प्रतियोगीतामा कुनै पनि एनआरएनए, एनसीसी, आइसीसीको कार्यक्रमसँग नजुदाई गर्न गराउनका लागि संघका उपाध्यक्ष हरी न्यौपानेलाई जिम्मेवारी दिएको छ । एलसीसीको गठन गर्दा एनआरएनए जर्मनीको केन्द्रिय प्रतिनिधिको उपस्थितिमा गर्नु पर्ने निर्यण पनि पारित गरेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका