एनएमबीसँग कञ्चन गाभिने, चुक्ता पूँजी १४ अर्ब

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
0 Shares
काठमाडौं

एनएमवि बैंकसँग कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड गाभ्ने भएको छ । बैंकको अाइतबारको विशेष साधारसभाबाट कञ्चन गाभिने प्रस्ताव पारित भएको हो ।

कञ्चन डेभलपमेन्टको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः ८५ को अनुपातमा गाभिने भएको हो ।

जसअनुसार अब कञ्चनको शेयरधनीले एक सय कित्ता बराबर एनएमबीको ८५ कित्ता शेयर पाउनेछन् । गाभिएपछि एनएमबीको चुक्ता पुँजी १४ अर्ब ४५ करोड र रिजर्भ ७ अर्व ५ करोड पुग्नेछ ।

शाखा कार्यालयहरुको संख्या १८४ तथा एक्टेन्सन काउन्टरहरुको संख्या ८ पुग्नेछ । बैंकको सुदुर पश्चिम प्रदेशमा शाखाहरुको संख्या २४ पुग्नेछ ।

कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको छ जसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको छ ।

तपाईको प्रतिक्रिया