रसुवागढी नाका ६ महिनापछि संचालन

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

माघ १५ गतेदेखि बन्द रहेको रसुवागढी नाका सोमवारबाट सन्चालनमा आएको छ । चिनियाँ गाडीले मितेरी पुलसम्म सामन ल्याईदिएपछि एकतर्फी मात्र नाका सन्चालन भएको भन्सार प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।

असार १० गते मितेरी पुलमा भएको बैठकमा चिनियाँ पक्ष र नेपाल पक्षबीच सहमति भएका हुन् । पहिलो पटक सोमबार चिनियाँ पक्षकै चार वटा गाडीमा एक सय २० टन सामन नेपाल भित्रिएका छन् ।

चिनियाँले नेपाल ल्याउने सामन आफ्नै कन्टेनर चालक र लेवर प्रयोग गरी मितेरी पुलसम्म ल्याईदिने सहमति भएपछि अनलोड भएका समान लिने चालक र सहयोगीको कोरोना परीक्षण अनिवार्य हुनुपर्ने प्रस्ताव चिनले राखेको थियो । सोहीअनुरूप नेपाली पक्षका १५ जना चालक र १५ जना लेवरको कोरोना परीक्षण गरि क्वारेन्टाइनमा राखिएको थियो ।

 

तपाईको प्रतिक्रिया