स्याफ्रुबेशी क्वारेन्टाइनका दुई जना डिस्चार्ज

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

कुवेतबाट आएका ३९ वर्षे छोक्पा तामाङ र कालिकोटबाट आएका २२ वर्षे कामी लामा सोमबार क्वारेन्टाइनबाट घर पठाएका छन् ।
उनीहरूलाई असार ८ गतेबाट कोमिन श्यामेवाङफेल मा.वि. क्वारेन्टाइनमा राखेका थिए ।


उनीहरूको पिसिआर चेकजाँच नेगेटिभ आएपछि १४ दिनको क्वारेन्टाइन पूरा भएपछि घर पठाएका हुन् । उनीह?लाई क्वारेन्टाइनमा बसेको प्रमाणपत्र प्रदान गरी क्वारेन्टाइनबाट डिस्चार्ज गरेर घर पठाएको स्वास्थ्यकर्मी एवम क्वारेन्टाइन ईन्चार्ज प्रतिमा तामाङले बताइन् ।

स्वस्थ्यकर्मी प्रतिमाले डिस्चार्ज गरेकाहरूलाई थप एक हप्ता आफ्नो घरमा बस्न सल्लाह दिएर आवश्यक परामर्श गरी पठाएको बताइन् ।
नर्स प्रतिमाले बिदेशबाट आउदैमा सबै कोरोना संक्रमित नहुने बताउँदै पछिल्लो रिपोर्टले पनि पुष्टि भएको बताइन् । उनले सबैलाई कोरोनाको अनावश्यक हल्ला नगर्न र नडराउन पनि सबैमा अपिल गरिन् ।

‘कोरोनाको सबैभन्दा राम्रो औषधि र उपचार भनेको आफ्नो मनोवल आफै बलियो पार्नु नै हो’, प्रतिमा भनिन्, ‘सबैले आफ्नो मनोबल बलियो बनाउनुपर्छ ।’

तपाईको प्रतिक्रिया

पत्रपत्रिका