मास्क लगाउनु है नत्र पक्राउ परिएला

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

मास्क नलगाइ बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्त केदारनथा शर्माले निर्देशन असार १ गते नै गरेको थियो तर अहिले रिमाइन्ड मात्र गरेको बताए ।

‘उनले पुरानै निर्णय हो’, उनले भने, ‘प्रहरी प्रधान कार्यालय र सिडिओ कार्यालयलाई रिमाइन्ड मात्र गरेको हो ।’

नियम सोमबारबाट लागु भइसकेको बताउँदै शर्माले निर्देशन अवज्ञा गर्नेमाथि संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका