यस्ता छन्, क्यान्सर हुने लक्षणहरू

काठमाडाैं

क्यान्सरको शुरुवाती कालमा चाल पाइयो भने आफूलाई बचाउन सकिन्छ । तर, सामान्यतः अधिकांश मानिसले यस्ता शुरुवाती लक्षणलाई वेवास्ता गर्ने गर्छन् ।

विज्ञहरुका अनुसार क्यान्सरको शुरुवातीमा निम्न लक्षण देखिन्छन्:

निरन्तर खोकी- फोक्सोको क्यान्सर

फोक्सोको क्यान्सर धेरै नै नफैलिएसम्म अधिकांश मानिसले चाल पाउँदैनन् । कतिपय मानिसमा भने फोक्सोको क्यान्सरका लक्षण शुरुमै देखिन्छन् । फोक्सोको क्यान्सरका मुख्य लक्षण मध्ये निरन्तर खोकी लाग्नु पनि एक हो । खोकी लाग्ने र त्यससँगै छाती दुख्ने हुन थाल्यो भने होसियार हुनुस् । लामो श्वास लिँदा वा हाँस्दा समेत छाति दुख्नु खतरनाक लक्षण हो ।

शरीरमा भएका मुसाको रंगमा परिवर्तन-स्कीन क्यान्सर

मेलानोमा स्किन क्यान्सर मध्ये सबैभन्दा घातक क्यान्सर मानिन्छ । यो शरीरको कुनै पनि भागमा देखिन सक्छ । तर, अधिकांशलाई खुट्टाको पछाडी, पाखुरा वा अनुहारमा देखिन्छ । कतिपयलाई नङको भित्र समेत देखिन सक्छ ।

यो क्यान्सरको शुरुवातमा शरीरमा रहेका मुसाको रंग फेरिन्छ । मुसा ठूलो हुने, आकार बदलिने, रंग बदलिँदै जाने यस्ता संकेत हुन् । दुख्ने र चिलाउने समेत हुन सक्छ ।

दिसामा रगत, दुखाइ-आन्द्राको क्यान्सर

दिशामा रगत देखिने र दिसा लाग्ने समय परिवर्तन भएको भयै हुनु पनि राम्रो संकेत होइन । यसले पनि तपाईको सानो आन्द्रामा क्यान्सर भएको संकेत गर्छ । दिशा गर्दा दुख्ने वा रगत देखिनु निक्कै घातक मानिन्छ । यस्तो समस्या अधिकांशलाई ६० वर्षको उमेरपछि मात्र देखिन्छ ।

मुख भित्र सन्चो नहुने घाउ-धेरै प्रकारका क्यान्सर

अमेरिकी क्यान्सर उपचार केन्द्रका अनुसार मुख भित्र घाउ देखिनु र सन्चो नहुने भयो भने क्यान्सरको लक्षण हुन सक्छ । यसलाई मुखको क्यान्सर भनिन्छ ।

मुखको क्यान्सर भएपछि मुखभित्र भएका साना साना घाउ हप्तौं वा महिनौंसम्म सन्चो हुँदैनन् । दुखाई नभएपनि यस्तो घाउ रहिरहने समस्या क्यान्सरको लक्षण हो ।

निल्न समस्या-खाना नलिको क्यान्सर

खाना निल्न समस्या भैरहेको छ भने सचेत हुनुस् । यो तपाई खाना नलीमा क्यान्सर भएको संकेत हुन सक्छ । नियमित रुपमा खाना निल्न समस्या हुन थाल्यो भने चिकित्सककोमा गइहाल्नुस् । वजन घट्नु पनि यो क्यान्सरको अर्को लक्षण हो ।

रहस्यमयरुपमा वजन घट्नुः धेरै प्रकारका क्यान्सर

अधिकांश क्यान्सरको साझा लक्षण मानिन्छ वजन घट्नु । यदि तपाईको शरीरमा रहस्यमयरुपमा वजन घटिरहेको छ भने यो विभिन्न क्यान्सरको लक्षण हुन सक्छ ।

अमेरिकी क्यान्सर सोसाइटीका अनुसार वजन घट्नुको कारण खुल्न सकेन भने यो क्यान्सरको लक्षण हुन सक्छ ।

पिसावमा रगत- प्रोष्टेट क्यान्सर

पिसाव गर्दा अनपेक्षितरुपमा पोल्ने र थोरै थोरै पिसाव आइरहने जस्ता लक्षण तपाईलाई प्रोष्टेटमा समस्या भएका संकेत हुन सक्छन् । पिसाव गर्दा रगत देखिनु वा दुखाई हुनु पनि यस्तो लक्षण हुन सक्छ ।

अनावश्यक टुडुल्को उठ्नु

कुनै पनि शरीरको भागमा अनावश्यक टुडुल्को उठ्न थाल्यो वा बढ्दै गयो भने यो पनि तपाईको शरीरमा क्यान्सरको लक्षण हुन सक्छ । अधिकांश क्यान्सर यस्तै टुडुल्को बढ्दै गएपछि पत्ता लाग्ने गरेका छन् । स्तन क्यान्सर, अण्डकोष क्यान्सरका लक्षणकोरुपमा यस्ता टुडुल्का देखिन सक्छ ।

रहस्यमय दुखाइ-धेरै प्रकारका क्यान्सर

शरीरमा असामान्य अवस्था आउँदा दुखाई हुनु सामान्य विषय हो । तर शरीरको कुनै पनि भागमा विनाकारण दुखाई महसुस हुन थाल्यो भने होस् गर्नुस् यो क्यान्सरको लक्षण हुन सक्छ । ब्रेन ट्युमर हुनेलाई टाउको दुख्ने, कोलोन क्यान्सर हुनेलाई ढाड दुख्ने र पाठेघर वा गुद्दद्वारको क्यान्सर हुनेलाई पनि पछाडीको भागमा दुखाई हुन सक्छ ।

दिसारपिसावमा रगत-गुदद्वार क्यान्सर

दिशा वा पिसावमा रगत देखिनु खतरनाक हो । खासगरी दिशामा रगत देखियो भने यसले तपाईको ठूलो आन्द्राको अन्तिम भाग वा गुदद्वारमा क्यान्सर भएको हुन सक्ने संकेत दिन्छ । पिसावमा रगत देखियो भने चाँहि प्रोष्टेट क्यान्सरको लक्षण पनि हुन सक्छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका