मुक्तक

श्याम संकल्प मुक्तककार
7 Shares
काठमाडौं

(१)

भेटिन्छ कि मान्छे जिन्दगी कटाउने
रिस राग द्वेष मनबाट सधै नै घटाउने
छोडेन नियतिले सूर्यलाई पनि हेर आज
उपाय कुनै छ कि यो धब्बा हटाउने

(२)

झुल्किएर डुबिजाने घाम जिन्दगी
अरूले नै राखिदिने नाम
जिन्दगी
थाहा छैन भाग्य कस्तो लेखेको छ ?
नखोलेको चिट्ठी झैं बन्द खाम जिन्दगी

(३)

सधैँ पिरिरहने झारहरू उखेल्नु छ।
सम्भ्रान्तले लगाएको बारहरू उखेल्नु छ
निस्फिक्री हिड्दैछ रे मेरो बस्ती वरिपरि
हामीलाई लगाएको बारहरू उखेल्नु छ ।

(४)

भगवानको नाम राख्दैमा भगवानको चरित्र आउदैन
लोभ मोहको यो संसारमा कसैले हरिको नाम गाउँदैन
शिव, हरि, विष्णु, गोविन्द जेसुकै भजेपनि यिनले भगवानसँगको चोखो प्रित झुक्केर पनि कहिले लाउँदैन।

बुढानिलकण्ठ काठमाडौ

तपाईको प्रतिक्रिया

पत्रपत्रिका