ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एक्सटेन्सन काउण्टर सुरु गरेको बैंकले जनाएको छ ।
काउण्टरको आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथ शर्मा (पंगेनी) ले उद्घाटन गर्दै बैंकले ग्राहकको सन्तुष्टीलाई मध्यनजर गरी उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे । अधिकृत शर्माले भने, ‘एक्सटेन्सन काउण्टरले सेवाग्राहीको बढ्दो चापलाई सहजता दिनेछ ।’
बैंक महेन्द्रनगर शाखाका शाखा प्रमुख दिपेन्द्रबहादुर सिंहले बैंकले सेवाग्राहीको हितलाई ध्यानमा राखेर काम गर्ने बताउदैं प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्धतासमेत जनाए ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले १३८ शाखा, १४७ एटिएम, २९ एक्सटेन्सन काउण्टर एवं राजश्व संकलन काउण्टर र १६८ शाखारहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि र सम्पर्क कार्यालयमार्फत् ११ लाखभन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि र सम्पर्क कार्यालय स्थापना गरेर त्यहाँ रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए ।
त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।