साउदीमा कोरोना उपचारपछि घर फर्किने एक लाख ६१ हजार नाघ्यो

आजै ३ हजार ४६ जना घर फर्के

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा बिहीबारसम्म एक लाख ६१ हजार ९६ जना कोरोना भाइरस(कोभिड-१९) संक्रमित उपचारपछि घर फर्किसकेका छन् । उक्त संख्यामा निको भएर घर फर्किसकेको यहाँ पत्रकार सम्मेलन गरी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मोहम्मद अल अब्दुलीले जानकारी दिएको हो ।

उनका अनुसार आजै मात्र ३ हजार ४६ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । साउदी अरेबियामा निको हुनेको संख्या तीन दिनदेखि बढ्नेक्रम जारी रहेपनि आज भने झिनो अन्तरमा नयाँ संक्रमित बढेको छ ।

यहाँ आज ३ हजार १८३ जना कोभिड-१९ नयाँ संक्रमित थपिएको प्रवक्ता डा. अब्दुलीले बताए । उनका अनुसार कोरोना संक्रमितको कुल संख्या २ लाख २३ हजार ३२७ पुगेका छन् । तीमध्ये ६० हजार १३१ जनाले यहाँको विभिन्न अस्पतालमा बिशेष उपचार लिइरहेको प्रवक्ता डा.अब्दुलीले बताए । ‘ बिरामीमध्ये २ हजार २२५ जनाले गम्भीरमा उपचार लिइएको छ’ उनले भने ।

बिहीबार यहाँ कोरोना उपचार गरिरहेका ४१ जनाले ज्यान गुमाएका प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार हालसम्म साउदीभर कोरोनाबाट २ हजार १०० जनाले उपचारका क्रममा ज्यान गुमाए ।


आजको अपडेटअनुसार कोरोना निको हुनेको भन्दा नयाँ संक्रमित हुनेको संख्या १३७ ले बढी छन् ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा. अब्दुलालीले आग्रह गरे ।

त्यसैगरी हालसम्म साउदीको राजधानी रियादमा सबैभन्दा धेरै ४९ हजार ४१५ जना छन् , भने जेद्दा २६ हजार ७५४, मक्का २६ हजार १८३, मदिना १४ हजार ९६०, दमाम १४ हजार ४३४, हफुफ १२ हजार ७३७, अल तैफ ७ हजार ३८१, अल कातिफ ६ हजार ६६४, अल खोबार ५ हजार ९८४, जुवेल ४ हजार ३४२, खमिस मुसायत ४ हजार २३४ र अल मुबाराज ३ हजार ९१४, जना पुगेको प्रवक्ता अब्दुलीले जानकारी दिए ।

उनका अनुसार साउदीको दहराइनमा २ हजार ७३३, बुरैदा २ हजार ६७६, आभा २ हजार ६६९, हाइल २ हजार ४७, नजरान १ हजार ८१५, हाफर अल बतिन १ हजार ७३८, ताबुक १ हजार ७३०, दिरियाह १ हजार ३८२, सफ्वा १ हजार ३४८, अल खर्च १ हजार २१६, यान्बु, १ हजार १८५, बयश १ हजार १७५, महयिल १ हजार ११४, वादी अड दावासिर १ हजार ४२, बिशाह ९३४, उनैजा ८९९, रास्त नुराह ७०४, बुकायक ६९१, अहाद रिफायदाह ६८५, जिजान ५३७, शरुराह ५३१, अल मुजाहिमिभाह ५१८, अल जफरमा ५०३ जना संक्रमित पुगेका छन् । त्यसैगरी यहाँको अन्य शहरहरुमा कोरोना नयाँ संक्रमित ५ सयभन्दा तल रहेका छन् ।

थप यो पनि

साउदी-काठमाडौं तीन उडानबाट ६६६ जना फर्किए, तीन उडानको तालिका सार्वजनिक

साउदीमा मंगलबार कोरोना उपचारपछि ५२ सय घर फर्के

साउदीमा बुधबार पनि कोरोना निको हुनेको संख्या बढ्यो

तपाईको प्रतिक्रिया