धुन्चेमा मानवअधिकारसम्बन्धी प्रशिक्षण

0 Shares
रसुवा

रसुवामा सरोकारवालाहरूको उपस्थितिमा मानवअधिकारसम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षयण कार्यक्रम नेपाल मानवअधिकार जिल्ला सङ्गठन समिति रसुवाको आयोजनामा शनिबार सम्पन्न भएको हो ।

गोसाइकुण्ड गाउँपालिका ६ धुन्चेमा सम्पन्न कार्यक्रममा जिल्लाका सरकारी निकायका प्रशासकहरु, सुरक्षा निकाय, विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, गैरसरकारी संघका प्रतिनिधि, स्वास्थ्यकर्मीहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, नागरिक समाज र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

मानवअधिकारको मुलभूत सिद्धान्त र नेपाली कानुन बारे कार्यक्रममा छलफल भएको थियो ।

प्रशिक्षणमा सुशासन र मानवअधिकार, महिला र मानवअधिकार, स्वतन्त्रताको धारा १७ र समानताको हकको धारा १८ बारे जानकारी दिएको जिल्ला सङ्गठन समिति रसुवाका अध्यक्ष तिरबहादुर गुरूङले बताए ।

उपभोक्ताको अधिकार संरक्षण र मानवअधिकारबारे पनि कार्यक्रममा छलफल गरिएको थियो ।

तपाईको प्रतिक्रिया