बिजुली जोङको महिमा

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं. १ मा रहेको विजुली ढुङ्गा अर्थात विजुली जोङको महिमा बेग्लै रहेको छ । यसको जानकारी कमै मानिसलाई मात्र थाहा छ ।

धेरै वर्ष अघिको कुुरा हो । निर्कु भुमेको छोरीको रुपमा विजुली ढुङगा रहेको थिए । उनीहरु हुुर्कदै गएपछि एकदिन विवाहको कुरा चल्दा त्यतिखेर विजुली ढुङडालाई विवाह गर्छु भनि सिप्प अर्थात जुरे ढुङ्गालाई विवाह गर्छु भनि सिप्प अर्थात जुरे ढुङ्गाले हात माग्न गएछन् । त्यसरी माग्न गएपछि विजुली ढुङगालाई सिप्पसँग विवाह गराइदिन निर्कुु भुमेराजी भएर विवाह गराइदिन निर्कु भुेमे राजी भएर विवाहको तयारी गरिएछ । सोही अनुसार सिप्प र विजुली ढुङ्गाको विवाहका दिन आयो तर विजुली ढुङगालाई जुरे ढुङगा अर्थात सिप्पलाई मनपराएको थिएन ।

तैपनि आफ्नो अभिभावकले भनेपछि विवाह गर्ने निधो गरिन् । विवाह दिन थियो । त्यो दिन मन नलागी नलागी विजुली ढुङ्गालाई सिम्पले बाजागाजाका साथ मागी विवाह गरी ल्याउदै गर्दा दुलही अर्थात विजुली ढुङगालाई विजिली चराले सुनको डोरी चुढाएर लाङवुको विजिली दोङ भन्ने स्थानमा खस्न पुग्यो । सँगै जन्तीहरु पनि त्यही वरपर खस्न पुग्यो अहिले विजिली दोङ वरिपरि रहेको ढुङगा चाहीँ जन्तीहरुको रुपमा रहेको भन्ने रहेको छ । त्यसपछि स्थानीयले विजुली ढुङगालाई एउटा धार्मिक स्थलको रुपमा मान्ने गरेका छन् ।

नौकुण्ड गाउँपालिकाको उपाध्यक्ष सिर्जना लामालाई जिमीबहादुर र छेसाङदावा तामाङका अनुसार विजुली दोङ नजिकै तबु थुङबा (घोडा ढुङ्गा) घोडाको आकारमा रहेको छ । पुर्वपट्टी लाम्राङ ढुङ्गा अर्थात देवताको बारी पनि रहेको छ । पुर्वपट्टी ६० मिटर जति गहिरो लामो सुरुङ रहेको छ । पश्चिम पट्टी सत्य युगको बेला देवताहरुले स्थानीयहरुलाई विवाह ब्रतबन्धको लागी भाडाकुडा दिने गरेको भन्ने कथन छ । स्थानियका अनुसार परापुर्वकालमा एक जना विधवा महिलाले बार तिथि नमिल्ने दिनमा भाडा वर्तन प्रयोग गरि समयमा फिर्ता नगरि भाडाकुडालाई आफ्नै घरमा राखेकोले देवता रिसाएर भाडाकुडा नदिएको भन्ने किंबदन्ती रहेको छ ।

विजुली दोङ नजिकै गोमन साप जस्तै आकारको ढुङ्गा छ । उक्त ढुङगा वरपर समयसमयमा नाग निस्केर डुल्ने गरेको पाइन्छ स्थानीय बताउँछन् । उक्त साप जोसुकै व्यक्तिले देख्न नसकिने तर भाग्यमानी व्यक्तिले मात्रै देखिने जनविश्वास छ ।

विजुली ढुङ्गा वरिपरि फोहोर गर्ने मासु पोल्ने लसुन, सिस्नु बनाउने जाँड रक्सी खाने जस्ता नराम्रो गतिविधि गर्न नहुने र महिलाहरु त्यस ढुङगा माथि चढ्न नहुने विश्वास रहेको छ । यस्तो कार्य कसैले गरिहाले देवता रिसाएर हावाहुुरी आउने, विरामी हुने, गाउँमा रोगव्याधी आउने जनविश्वास अझै पनि समुदायमा छ । उक्त स्थानमा पूजापाठ गर्दा औशी, पुर्णिमामा गाईको दुध हालेर झाक्रीद्धारा पुजापाठ गर्ने गरेको र पौष शुक्ल पुर्णिमाको दिनमा ठुलो मेला लाग्ने गर्दछ ।

मेलामा लामा, झाक्री स्थानिय कला संस्कृतिको प्रदर्शन तथा नाचगान गर्ने गरिन्छ । उक्त मेलामा लाङबु, आरुखर्क थाङदोर, सिम्बन्धी, यार्सा, लाच्र्याङ, सस्र्यु, घार्मु, बासभन्ज्याङ, लगाएतका गाउँबाट लामा झाक्रीको झाक्री सहित एक हजार भन्दा माथी मेला भर्ने मान्छेहरु त्यहाँ जाने गर्दछन ।


गाउँको रक्षा गर्न, आफ्नो मनोकांक्षा पुरा गर्न रोग, बाढी पहिरोबाट दुख नपाउन मेला तथा पूजा गर्ने गरेको छ । यस विजिली ढुङ्गाको संरक्षणको लागी रेलिङ सहितको सिढी बाटो र घेराबारको अति आवश्यक रहेको छ र यस ढुङगाको महिमा र आस्थाबारे प्रचार हुनु जरुरी छ । नौकुण्ड धार्मिक पर्यटकीय क्षेत्र यस ढुङगा बारे व्यापक रुपमा विश्वलाई चिनाउनु पर्नेमा नौकुण्ड गाउँपालिका उपाध्यक्ष सिर्जना लामा बताउँछिन् ।

यस ठाउँसम्म पुग्न काठमाडांैबाट रिजर्भ गाडी वा लोकल सवारीसाधनको प्रयोग गर्न सकिन्छ । उपाध्यक्ष लामा आफ्नो तर्फबाट लागी परिरहेको बताउँदै व्यापक रुपमा प्रचार गरी पर्यटकीय स्थल बनाउन सकिन्छ, भनिन् ।

यस ठाउँमा अहिले महादेवको मन्दिर बनाएर ग्राउण्ड निर्माण गरि झण्डा हाल्ने कार्य गरिरहेको यसले पुरै नौकुण्डलाई नै विश्व सामु चिनाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया