दोलखामा तीन आर्थिक वर्षको अवधिमा सय भन्दा बढीले गरे आत्महत्या

आत्महत्या गर्नेमा महिलाभन्दा बढी पुरुष

सैलुङअनलाइन संवाददाता
दोलखा

दोलखामा तीन आर्थिक वर्षको अवधिमा एक सयभन्दा बढीले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७३/०७४ देखि गत आर्थिक वर्ष २०७४/०७५ सम्म एक सय ४६ जनाले आत्महत्या गरेको दोलखा प्रहरीले जनाएको छ ।

विष सेवन, झुण्डिएर र हामफालेर आत्महत्या गर्ने मध्ये सबैभन्दा बढि ९९ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । त्यसैगरी ४२ जनाले विष सेवन र ५ जनाले हामफाली आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक प्रदिप महतले जानकारी दिए ।

तीन आर्थिक वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०७४/०७५ मा ६२ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी गत आर्थिक वर्ष २०७५/०७६ मा ४५ जना र २०७३/०७४ मा ३९ जनाले आत्महत्या गरेका छन् ।

गत आर्थिक वर्ष सबैभन्दा बढी झुण्डिएर २९ जनाले आत्महत्या गरेका छन् भने १२ जनाले विष सेवन र ४ जनाले हाम फाली आत्महत्या गरेका थिए । आत्महत्या गर्नेमा महिलाभन्दा बढी पुरुष रहेका छन् ।

घरेलु हिंसा, आर्थिक समस्या, बेरोजगारी, डिप्रेशन लगायतका कारण आत्महत्या गर्नेको संख्या वृद्धि भएको प्रहरी निरीक्षक महतले बताए ।

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका