नेकपाले जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाए

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकले इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले ७७ वटै जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह–इन्चार्र्ज टुंगो लगाएका हुन् ।

इन्चार्ज र सह–इन्चार्र्जको जिम्मेवारी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका इन्चार्ज र सह–इन्चार्र्जलाई नै दिइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । उनले भने, ‘तत्कालीन एमालेको भागमा इन्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इन्चार्ज र तत्कालीन माओवादीको इन्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इन्चार्ज रहने छन् ।’

बैठकपछि पत्रकारहरुसँग बौल्दै नेता वामदेव गौतमले निर्वाचन क्षेत्र हेरेर सह–इन्चार्ज तोकिएको बताए । उनले भने, ‘कुनैमा एक जना मात्रै इन्चार्ज र सह–इन्चार्ज बनाइएको छ । तर, केही जिल्लामा १० जनासम्म पनि सह–इन्चार्ज बनाइएको छ ।’

‘बैठकले विभागहरुको टुङ्गो भने लगाउन बाँकी छ । मंगलबारको बैठकबाट विभागहरुको टुङ्गो लगाउनेछ, नेता गौतमले भने, ‘तर, संगठन विभाग प्रमुख चाहिँ मै हुँ ।’

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया