कांग्रेस र नेकपाका युवा राप्रपा प्रवेश

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

नुवाकोट र काठमाडौंमा रहेका कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवाह? राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन संयुक्तका अध्यक्ष राजु लोहनीको प्रमुख आतिथ्यमा शनिबार राप्रपा केन्द्रीय कार्यालय चावहिलमा उनीहरूलाई राप्रपाको नीति तथा सिद्धान्त प्रतिवद्दता गरि प्रवेश गराएका हुन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै लोहनीले युवाहरू मुलुक निर्माणको अभिन्न अंग रहेको बताए । उनले भने, ‘हरेक परिवर्तनका संवाहक युवाहरू नै रहेकाले वर्तमानमा यो सरकारले गरेको गलत क्रियाकलापलाई उजागर गर्ने दायित्व आफुह?को काँधमा आएको छ ।’ उनले पार्टीको निति, सिद्धान्त र निकट भविष्यमा आयोजना हुने सडक आन्दोलनको निमित्त तयार रहन समेत युवाह?लाइ निर्देशन दिए ।

तपाईको प्रतिक्रिया