लामोसाँघु-जिरी सडकखण्ड ठेक्का रद्द गरिने

सैलुङअनलाइन संवाददाता
सिन्धुपाल्चोक

अरनिको राजमार्ग अन्तर्गत लामोसाँघु–जिरी सडकखण्ड चौडा बनाउने कार्यमा सुधार नगरे ठेक्का रद्द गर्ने चेतावनी दिएको छ ।

तीन दिनभित्र साइटमा पुगी ठेक्का सम्झौताको स्पेशीफिकेशन बमोजिम सवारी साधन आवागमनको लागि व्यस्थापन गर्न आइतबार लामोसाँघु तामाकोशी जिरी सडक आयोजना कार्यालयले सूचना जारी गरी चेतावनी दिएको हो ।
वर्षात सुरु भएसँगै लामोसाँघु–जिरी सडकखण्ड हिलाम्मे र खाल्टाखुल्टी बढेकाले सडकमा सवारी आवागमनका लागि समस्या भएको छ ।

सीमाञ्चल–गौरीपार्वती–सुनौला खिम्ती जेभी, काठमाडौं र शकिल हेदर–शंकरमाली–सुनौला खिम्ती, जेभी काठमाडौंलाई दिएको निर्माणको ठेक्का अवधि समाप्त भैसके पनि निर्माण कार्य सम्पन्न हुन बाँकी रहेकोले तत्काल कार्य सम्पन्न गर्न समेत आयोजनाले निर्देशन दिएको छ ।

निर्माण कम्पनीले सम्झौता बमोजिम कार्य सम्पन्न गर्न आयोजनाले दिएको निर्देशनलाई पटकपटक वेवास्था गरिँदै आएको र यसपटक पनि सो कार्य नगरेमा ठेक्का रद्द गरिने आयोजना प्रमुख धर्मेन्द्र झाले बताए । प्रमुख झाले भने, ‘यस पटक पनि निर्देशनलाई वेवास्ता गरे सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधन) बमोजिम ठेक्का तोडी जमानत तथा धरौटी जफत गरी सडक योजनाले आवागमन सुचारु गरिने छ ।’

सो राजमार्ग भई सिन्धुपाल्चोक, दोलखा, रामेछापगायतका पहाडी भेगमा दैनिक करिब २०० सवारीसाधन गुड्ने गरेका छन् ।

अरनिको राजमार्गको ११० किलोमिटर लामोसाँघु–जिरी सडक सन् १९७५ देखि १९८५ सम्म स्वीस सरकारको सहयोगमा निर्माण भएको थियो ।

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका