साउदी अरेबियाबाट दोस्रो चरणको चार्टर उडान हुँदै (तालिकासहित)

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
14 Shares
साउदी अरेबिया

साउदी अरेबियाबाट दोस्रो चरणको चार्टर उडान हुने नेपाली दूतावासले सूचना जारी गरेको छ । दूतावासले आइतबार साँझ जारी गरेको सूचनामा जुलाई १६ र २० तारिखमा उडान हुने जानकारी दिएको हो ।

दूतावासका अनुसार उडानमा यहाँ अलपत्र परेका नेपालीहरुलाई पहिलो प्राथमिकता दिनेछन् । रियादबाट हुने नेपाल एयरलाइन्सको भाडादर नेपाल सरकारले तोके अनुसार अमेरिकी डलर ४६५ (१ हजार ७४४ रियाल) र दमाम(काठमाडौंका लागि अमेरिकी डलर ४३० (१ हजार ६०) रियाल लाग्ने राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले बताए । उनका अनुसार हिमालयको दमाम-काठमाडौंको चार्टरका लागि भने अमेरिकी डलर ४६५ (१ हजार ७५०) लाग्ने छन् ।

‘नेपाल एयरलाइन्स र हिमालयले साउदीबाट भर्ने चार्टर उडान तालिका निकालेपछि हामीले पनि स्वदेश फिर्तीका क्रममा रहेका नेपालीको सूची सम्बन्धित एयरलाइन्सहरुको कार्यालयमा पठाइएका छौं’ राजदूत राजपुतले भने, ‘साउदीबाट हुने उद्धार उडानका लागि सहज पार्न सम्बन्धित एयरलाइन्सका प्रतिनिधिलाई अनलाइन फाराम, वाट्सप, मोबाइल, लगायतबाट टिपाएका यहाँ अलपत्र नेपालीहरुको विवरण उपलब्ध गराएका हौं ।’

दूतावासका अनुसार हवाई टिकटको लागि हिमालय एयरलाइन्सका दम्मामस्थित प्रतिनिधि सुवास तिमिल्सिनालाई ०५९८४००१९८ र सुमित पौडेल ०५४५८०००२९ मा सम्पर्क गरी टिकट बुकिङ गर्नुपर्ने छन् । त्यसैगरी नेपाल एयरलाइन्स दमाम-काठमाडौका लागि रमेश श्रेष्ठ ०५८३९५१२३४, प्रेम गौतम ०५९७९२०४६५ र ओम कुमाललाई ०५९५८६११६६ मा सम्पर्क गर्न सक्ने दूतावासले जानकारी दिए ।

त्यसैगरी रियाद–काठमाडौं चार्टरउडानका लागि नेपाल एयरलाइन्सको साउदी प्रतिनिधि सुरेशराज त्रिपाठीलाई ०५८०५९६१४० र ०५५३१०१६४४ सम्पर्क गर्नुपर्ने छन् । त्रिपाठी रियादस्थित गिल्ट ट्राभल्स एन्ड टुर्समा कार्यरत छन् ।

उक्त चार्टरउडानबाट स्वदेश फर्कन अलपत्र परेका नेपालीहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट, मास्क, पन्जा लगायतका सामग्रीको जोहो गर्नुपर्ने नियोग उपप्रमुख दिलीपकुमार पौडेलले जानकारी दिए । उनका अनुसार कोरोना परिक्षणका लागि आफू कार्यरत कम्पनीलाई अनुरोध गर्नुपर्ने छन् । यदि संभव नभएमा दमामस्थित हेल्थ कियर पोलोक्लिनिक ०५४९७२६५८५ मा सम्पर्क गरि परिक्षण गर्नसक्ने उपप्रमुख पौडेलले बताए । उनका अनुसार नजिकैको अस्पताल तथा मेडिकलहरुमा समेत परीक्षण गर्नसक्ने छन् ।

त्यसैगरी जुवेलस्थिति गल्फ एसियन मेडिकल सेन्टर सम्पर्क नं. ०३३६२७१२१ मा सम्पर्क गरि कोरोना परिक्षण गर्नसक्ने उपप्रमुखले जानकारी दिए । उनका अनुसार रियादका लागि डा. अनिरुद्र पाठक ढाका मेडिकल सेन्टर बाथ, मोबाइल नं. ०५७१२१९७९९ र कृष्ण भुसाल मोबाइल नं. ०५९८२५६७१८,अलअबीर इन्टरनेसनल मेडिकल सेन्टर बाथ र शिफा बुरैदह मेडिकल सेन्टर अल कासिम, विशाल श्रेष्ठ ०५३५४७०२३४, विष्णु पाण्डे ०५८१२५०७९२ लाई सम्पर्क गरि कोरोना परिक्षण गर्नसक्ने छन् । एयरलाइन्सको टिकट बुकिङ भएपछि मात्र कोरोनाको परिक्षण गर्न पनि उपप्रमुख पौडेलले आग्रह गरे ।

नेपाली दूतावासले अन्य जानकारीका लागि जनसम्पर्क अधिकारी हरि घिमिरेको मोबाइल नम्बर ०५०००८१५३६ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

सम्बन्धि एयरलाइन्सका प्रतिनिधिहरुले उडान भर्ने यात्रीहरु समय तालिकाभन्दा ४ घन्टा अघि यहाँको एअरपोर्ट पुग्नुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका