नुवाकोट, धादिङ, रसुवा समाज कुवेतको प्रथम वार्षिकोत्सब तथा बृहत सांगीतिक धमाका-२०१९ सम्पन्न भएको छ । समाजले शुक्रबार कुवेतको जिलिबस्थिति नोटिगम ब्रिटिस स्कुलमा विविध साँस्कृतिक कार्यक्रम गर्दै वार्षिकोत्सब तथा धमाका सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले शुभकामना मन्तव्यका क्रममा समाजले मौलिक कला, संस्कृतिको, भेषभुषा, लगायतको संरक्षण र सम्बर्द्धनका लागि प्रवासबाट अभ्यास गरेकोमा धन्यवाद दिए । उनले थपे- समाजले आगामी दिनमा गर्ने कार्यक्रमहरुमा पनि दूतावासको सहयोग गर्न तयार र्छौं ।
समारोहमा एनआरएनए कुवेतका अध्यक्ष सुमित्रा पौडेल,पत्रकार महासंघ कुवेतका पत्रकार नैना काला राई, नेपाल आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, जिफन्ट सहयोग समूह कुवेतका अध्यक्ष गणेश रावत, जन-जागृति युवा समाजका अध्यक्ष टीका राम आचार्य, नेपाल कुवेत साँस्कृतिक मंचका अध्यक्ष गोविन्द बराल, समाजसेवी ध्रुब कुमार संग्रौल, राजेन्द्र तमाङ लगायतले शुभकामना मन्तव्य राखेको थिए ।
कार्यक्रम समंयोजक धर्म तामाङले स्वागत मन्तव्यका क्रममा समाजका बारेमा स्पष्ट पारेका थिए । समाजका अध्यक्ष राकेश मनाङ्थेन सभापतिरहेका कार्यक्रम सुरेश गयाबा तामाङले सञ्चालन गरेका थिए।
उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित रक गायिका सरस्वती भुजेल र प्रथम नेपाल आइडल बुद्ध लामाको बेजोड प्रस्तुतिले उपस्थितिहरुलाई मनोरञ्जनमय बनाएका थिए ।
त्यसैगरी स्थानीय म्हेनदोमाया गायक विश्व पासा तामाङ, तामाङ घेदुङ कुवेतका कलाकारहरु, कुमार तामाङ, रमेश गोले, सुनिता तामाङ र तृष्णा तामाङ लगायतको बेजोड प्रस्तुत राखेका थिए । कार्यक्रममा रसुवाका कलाकारहरुले स्याब्रु नृत्य प्रस्तुत लालीगुराँस साँस्कृतिक मञ्चले पञ्चे बाजा प्रस्तुत गरेका थिए ।