साउदीमा आज पनि कोरोना निको हुनेको संख्या दोब्बर, २६ सय थपियो

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा बुधबार पनि कोरोना संक्रमित उपचारपछि निको हुनेको संख्या दुई गुणा छन् । मंगलबार तीन गुना कोरोना संक्रमित उपचारपछि घर फर्किएका थिए ।

आज ५ हजार ४८८ जना कोरोना उपचार गरिरहेकाहरु निको भएर फर्किएको यहाँ दैनिक पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। मोहम्मद अल अब्दुलीले जानकारी दिए । उनकाअनुसार हालसम्म एक लाख ८३ हजार ०४८ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएको प्रवक्ता डा। अब्दुलीले पत्रकार सम्मेलनमा बताए ।

त्यसैगरी आज यहाँ २ हजार ६७१ जना कोरोना भाइरस९कोभिड(१९० नयाँ संक्रमित थपिएको प्रवक्ता डा।अब्दुलीले जनाए । उनका अनुसार हालसम्म यहाँ दुई लाख ४० हजार ४७४ जना कोरोना संक्रमित पुगेका छन् । तीमध्ये ५५हजार १०१ जना साउदीको विभिन्न अस्पतालमा विशेष उपचार लिइरहेका छन् ।

आजको अपडेटअनुसार कोरोना नयाँ संक्रमितभन्दा निको हुने २ हजार ८१७ जना बढी छन् ।


यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा। अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड(१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा। अब्दुलालीले आग्रह गरे ।

त्यसैगरी मंगलबार साउदीको जेद्दामा सबैभन्दा धेरै २५० जना संक्रमित थपिएको छ । त्यस्तै रियादमा २२६, हफुफमा २११, दमाम ११४, तैफ ९९, हाइल ९७, मक्का ९७, हाफर अल बातिन ८६, आभा ८१, मदिना ७८, खमिस मुसायत ६२, बुरैद ५४ र ताबुकमा ५२ जना नयाँ संक्रमित थपिएको प्रवक्ता डा. अब्दुलीले पत्रकार सम्मेलनमा बताए ।

उनका अनुसार नजरान ४६, अल कातिफ ४३, अल खोबार ४२, यान्बु ३७, दहारान ३५, अल खर्च २९, सकाका २७, महयेल असिर २७, उहोद राफिदा २६, जुवेल २४, जिजान २३, समतह २३, तारिफ २३ र बालजुराशी २१ जना संक्रमित भेटिएका छन् । त्यसैगरी यहाँको अन्य शहरहरुमा कोरोना नयाँ संक्रमित बीस
भन्दा तलको संख्यामा रहेका छन् ।

                 थप यो पनि                                                   

साउदीमा कोरोनाबाट मृत्यु हुने आदि घट्यो, २७ सय उपचारपछि घर फर्के

साउदी अरेबियाबाट दोस्रो चरणको चार्टर उडान हुँदै (तालिकासहित)

साउदीमा कोरोना निको हुनेको संख्या तीन गुणा बढ्यो

तपाईको प्रतिक्रिया