साहसिक यात्राका दृिष्टले नेपालका हिमालय क्षेत्रमा रहेको पूर्ण मनोरञ्जन र स्वर्गीय आनन्द लिनका लागि केही अतुलनीय र दुर्लभ स्वर्गका टुक्राहरू छन् । मनास्लु क्षेत्र त्यसमध्येको एक हो । शान्त, अतुलनीय डोब नलागेका साहसिक पैदल यात्रा चाहनेहरूका लागि यो एक उत्तम गन्तव्य नै हो ।
एमी, ब्राक्स्टन, कोल्टर ल्याथ्रोप, हेनरी लाथ्रोप र मेरो भेट डेभिड र उज्वलसँग बर्डवाचिङ्ग गर्दा लाङटाङ यात्रा गर्ने क्रममा भएको थियो । उनीहरू लाङटाङपछिको मनास्लुको यात्रामा मसँग जान चाहे । किनकि मनास्लु क्षेत्रमा पर्यटकहरूलाई लाङटाङमा जस्तो एजेन्सी र गाइडबिना यात्रा गर्ने अनुमति छैन । अध्यागमन विभागबाट विशेष इजाजत तथा अनुमति–पत्र लिएर मात्र चुम उपत्यका र मनास्लु क्षेत्रमा यात्रा गर्न पाइन्छ । त्यसको व्यवस्थापनको जिम्मा एडभेन्चर थर्डपोल ट्रेक्सले लिएको थियो । पदयात्रा सुरु हुनुभन्दा एक–दुई दिन पहिल्यै ल्याथ्रोप परिवार गोरखा गएर बस्ने सोच बनाएका थिए ।
अप्रिल १६ तिर मनास्लु सर्किटका लागि सत्र दिनको पदयात्रा अनुमति–पत्र लिएर राम लामा र म ल्याथ्रोप परिवारलाई भेट्न गोरखातिर लाग्यौँ । गोरखा बसपार्क पुग्दा नपुग्दै ठूलो हुरी–बतासका साथ असिना पानी बर्सियो, टाउकोमा उनको चस्मामा ठूलो असिनाले लागेर झन्डै फुटेन । शरीर पनि चुट्नुचुट्यो, र मलाई एकछिन निकै स्तब्ध बनायो । होटेल पुग्न निकै हिँड्नु पथ्र्याे ।रामले भन्यो, ‘एक छिन कतै ओत लागौँ न !’ एक छिनपछि फेरी प्याक्क भन्यो, ‘ओ जय सार, होटेल पनि बिस्र्यो कि के हो ?’
त्यो दिनको साँझले वास्तवमै मेरो बचपनमा देखेका, सुनेका र भोगेका आँधीबेहरीका क्षणहरूलाई सम्झाइदियो । विगतमा हुण्डरीले घर, गोठको छानो उडाउने, कैयौँ जीवजन्तुका ज्यान लिने र कैयौँ वीभत्स दुर्घटना भएको र बाली नष्ट भएका यादहरू उजागर गराएको थियो । त्यो दिनको आँधीबेरीले पनि उस्तै नास गराएको थियो ।
भोलिपल्ट ।
बिहानै गोरखाबाट अरुघाटको बस चढ्यौँ । भिरालो गाउँ पाखा र खेतबारी, घुम्तीहरू र कन्दराहरू छिचोलेर बनाएको सडक । अघिल्लो दिनको पानीले हिलाम्मे भएको । बसको छतमा यात्रीहरू खचाखच भरिएका । उनीहरूलाई सुरक्षितसाथ गन्तव्यसम्म पु¥याउन चालकलाई चुनौतीपूर्ण थियो । त्यो दिन चैते दशैँसमेत परेकोले सहजै यातायातको साधन पाउन सकिँदैनथ्यो । जसरी पनि हामी जानुपर्ने थियो । आरूघाटबाट हामीले अर्को साधनमा सोतीखोला जानु थियो ।
आरूघाटबाट सोतीखोलाको लागि राम्रो यातायात थिएन । दुई घण्टा पर्खिएपछि रिजर्भ ट्रकमा चढेर गयौँ तर यो हामीले सोचेजस्तो थिएन । स्थानीय यात्रीहरू एक एक गरी चढ्ने झर्ने गर्दा हामी समयमै पुग्न सकेनौँ । धेरै नबोल्ने राम प्याच्च बोल्यो ‘ह्या गुरूजी ! रिजर्भ भनेको यस्तै हो ? अलि छिटो चलाउनुस् न !’ चालकले याचना गर्दै भन्यो, ‘हेर्नुस दाइ ! गाडी अर्को छैन नगई नहुनेहरूलाई त लानुप¥यो नि ! चाडवाडको दिन हो ।’ ट्रकबाट झरेर सबैजनाले आ–आफ्नो जिम्माको सामान बोकेर बाटो लाग्यौँं । त्यो दिन चट्टानी पहरा, कुइँनेटा र कन्दरा, खोलाबगर बेसीहुँदै लिदिङ्ग, खुर्सानीबारी, लापु बेसी नौलीखोलाहुँदै माछाखोला पुगेर लञ्च खान रोकियौँ ।
अर्को बिहान एक वृद्ध महिला त्यहाँ देखापरिन्, जीन्दगीभर उनीहरूका वस्त्रले पानी नदेखेको, शरीरमा एकथोपा पानी नपरे जस्तो नुहाइधुवाइको कुरो त परै जाओस् । त्यो अवस्था देख्दा त्यहाँको जनजीवन र सभ्यता अझै सय वर्ष पछाडि परेको लाग्दथ्यो ।
माछाखोला समुन्द्र सतहदेखि लगभग ९३० मिटर उचाइमा रहेको गुरूङ बस्ती हो । र, स्थानिय व्यापारिक केन्द्र पनि । यहाँ पर्यटकहरू खान र बास बस्न सक्छन् । त्यसैले हामी पनि लञ्चका लागि त्यहीँ रोकिएका थियौँ । खानापछि मैले माछाखोलाको प्रहरी चौकीमा ट्रेकिङ परमिट जाँच गराएँ । त्यसपछि हामी खोर्लाबेसी (१०३० मि.) तर्फ लाग्यौँ । त्यहाँको साङ्ग्रिला लजमा बास बस्यौँ । कुम्लो कोठामा राखेर हामी खोलामा नुहाउन गयौँ । पसिना पखाली सकेपछि हामीले योग र प्रणायाम गर्योँ । प्राकृतिक योगले मस्तिष्क र सूक्ष्म शरीरमा कम्पन सिर्जना भयो । त्यस ठाउँका विभिन्न प्रजातिका पंक्षीका सुिरला स्वर, हिमालदेखि बग्दै आएको कञ्चन पानीको कलकल आवाजले त्यहाँको बसाईंमा स्वर्गीय आनन्दको अनुभूति भएथ्यो ।
हामीसँग हेनरी र ब्राक्स्टन दुई बालक थिए । पुग्नुपर्ने थियो फिलिमसम्म । किनकि हामीलाई मनास्लुको तल्लो क्षेत्र सकभर छिटो पार गर्नु थियो । ती दुई केटाहरू पनि हिँड्नमा खली थिए । ब्राक्स्टन पातलो भए पनि आफ्नो झोला बोकेर एकोहोरो हिँडिरहन्थ्यो । हामी बुढीगण्डकीको दुईतिर अजङ्गका ग्रेनाइटका पहाडहरूलाई छिचोल्दै गयोँ । साँघुरा र चिप्ला गोरेटा, जीर्ण भएका काठका फड्के र झोलुङ्गे पुलहरू त¥यौँ । हरिया पहाड, दोभान र यारूका फाँटहरू । झरना र बगर पारगर्दै पुगियो जगत ।
समुद्री सतहदेखि १४१० मिटरको उचाइमा रहेको छ, जगत । धेरै पहिला त्यो ठाउँ व्यापारिक नाकाको रूपमा रहेको थियो । जगतबाट मनास्लु संरक्षण क्षेत्र प्रवेश नाका सुरु हुन्छ । यो क्षेत्रको मुख्य कार्यालय र पर्यटक परमिट जाँच चौकी रहेको छ । मसँग एउटा नाबालक ब्राक्स्टनको लागि ‘ग्य्राटिस’ भनेर गृह मन्त्रालयले जारी गरेको अनुमतिपत्र थियो । उक्त चेकपोस्टमा त्यस्तो किसिमको निःशुल्क परमिट पहिलो पटक जाँचेको कुरा त्यहाँका कर्मचारीले भने । फिलिमतर्फ जाँदै गर्दा लामो दिनको पैदल यात्राका कारण ब्राक्सटनले भित्रभित्र हरेस खाइरहेका थिए । तर पनि बलपूर्वक हिँडिरहेकै थियो । कोल्टर र मैले उसलाई मद्दत गर्न चाहन्थ्यौँ । तर उ आफ्नो झोला बोक्ने कुरामा आत्मविश्वासका साथ जिद्दी गर्दै थियो । हामीले सहयोग गर्न खोजेको उसलाई मन पर्दैनथ्यो । उसको मनोविज्ञान यस्तो थियो कि– यदि कसैले उसको झोला बोक्यो भने उसले आफूलाई कमजोर शिशु भएको महसुस गर्न सक्थ्यो । उसले सोच्थ्यो– ऊ निकै नै परिपक्व र बलियो छ । बाबुले झोला बोक्दा ब्रास्क्टन एकदम रातो भयो र बाबुबाट झोला फिर्ता नलिउन्जेल रोइ नै रह्यो । बाबुले झोला फिर्ता दिएपछि झोला बोकेर ऊ खुरुखुरु हिँड्यो । उसको त्यो बालहठ अदम्य र बेहदको थियो ।सिर्दिबासको लामो झोलुङ्गे पुल तरेर उकालो लाग्दा सबैको चेत हरायो । बिहान छ बजेदेखि साँझ सात बजेसम्म करिब तेह्र घण्टा हिँडेर हामी फिलिम पुग्यौँ । खाना खाने बेला मलाई मोहन मैनालीको पुस्तक ‘उपल्लो थलो’ मा भएको केही पङ्क्तिको कुरा याद आयो । उनले लेखेका छन्– यहाँका बासिन्दाहरूलाई धनियाँको स्वाद र महत्वको ज्ञान थिएन रे । सुरुसुरुमा बुढीगण्डकी उपत्यकाका मान्छेलाई धनियाँको गन्ध मन पर्दैनथ्यो । धनियाँको बिउ दिन आउने अधिकारीलाई नै फिर्ता लैजाऊ भनेर स्थानीयहरूले भनेको कुरा उनले आफ्नो नियात्रामा वर्णन गरेका छन् । तर हामीले त्यही ठाउँमा बनाएको धनियाँको अचार औधी मन पराएर खायौँ ।
भोलिपल्ट चुम उपत्यकातर्फ जानु पथ्र्याे हामी । हामीहरूले यथासक्य चार दिनमा चुमको यात्रा सक्नु थियो । त्यसैले त्यो दिनको यात्रा सबेरै सुरु गर्यौँ । चिसापानी, एक्लेभट्टी लगायतका सुन्दर दृश्यहरू, चराहरूका कोकील कण्ठे चिरबिरसँगै रमणीय पाखापखेराहरू पार गर्दै उपल्लो मनास्लु र चुम जाने दोबाटे मोडमा पुग्यौँ । देब्रे गोरेटो नुब्री उपत्यकातिर लाग्थ्यो । हामी दायाँ पट्टीको बाटो लाग्यौँ, जहाँबाट स्थानीय जनताले हात र हथौडाको सहाराबाट कुँदिएको डरलाग्दो पहाडको चट्टानी गोरेटो पार गद चुम उपत्यका पुग्यौँ ।
लोक्पामा खाना खाएर चुम्लिङ्गतर्फ लाग्दा वन, पखेरा, खोँच, खोल्साखोल्सी भएको बाटो पार गर्दै थियौँ । यसैबीच एउटा सानो खोल्सो नजिक झ्याङबाट आएको अद्भुत खालको आवाजले मेरो ध्यानकर्षण गरायो । त्यसैको खोजीमा म लागेँ । आवाज आउने तर देख्न नसकिने यो फिस्टो लगभग दश मिनेटको पर्खाइमा खैरोपेटे भुईं फिस्टो (GREY – BELLIED TESIA) पो देखा पर्यो । त्यसपछि कतै भने आँखा नै बन्द गरेर बस्नुपर्ने कहाली लाग्दा ठाडो भिर, एउटा खुट्टा राख्नलाई नी नपुग्ने खुड्किला, ढुङ्गाका गग्र्यान, डरलाग्दो र साँघुरो गल्छेडा र अखेटा माथि हात र खुट्टाले टेकेर पारगर्दै कहिले सजिलै त कहिले घस्रिंदै चुम्लिङ्ग पुगियो ।
धुवैँधुवाँले कालो भएका ढुङ्गाको गारो भएको अस्थायी पसल फेला पर्यो । त्यही पसलका मालिक चाहिँ गेस्टहाउस भनेर विदेशी पाहुना राख्ने गर्थे । हामीले पनि त्यसैमा रात गुजार्ने भयो । यहाँका वासिन्दाहरूमा तिब्बतकै संस्कृति र जीवनशैली रहेको देखिन्छ । अर्को बिहान एक वृद्ध महिला त्यहाँ देखापरिन्, जीन्दगीभर उनीहरूका वस्त्रले पानी नदेखेको, शरीरमा एकथोपा पानी नपरे जस्तो नुहाइधुवाइको कुरो त परै जाओस् । त्यो अवस्था देख्दा त्यहाँको जनजीवन र सभ्यता अझै सय वर्ष पछाडि परेको लाग्दथ्यो । गोरखाकै नागरिकहरूमा किन यति धेरै भिन्नता छ जबकि दूरीका रूपमा समान परिदृश्य र धरातलमा छन् । यातायातको विकटताका कारण पनि त्यहाँको जनजीवनमा र चेतनाको विकासमा सकारात्मक प्रभाव पर्न नसकेकोले होला ।
० ० ०
छेकम्पारतर्फको यात्रा सुरु गरी अगाडि बढ्दै गर्दा स्वर्णिम बिहानी र त्यहाँ देखिने हरेक दृश्यले हामी सवैलाई रोमाञ्चित पार्दै थियो । हिमाली टाकुराहरू लाजले अलिकति मात्रै अनुहार देखाएर हेरेर खिस्स हाँसे जस्तो लाग्दथ्यो । त्यहाँको हावा, खोला झरना र चराहरूसँगै मिलेर प्राकृतिक सङ्गीतमय लय बुलन्द गर्दा हामीलाई डेढ घण्टाको बाटो पनि पन्ध्र मिनेटमै काटेजस्तो लाग्यो । यही बीचमा एक बथान ‘स्पेकल्ड उड पिजन’ मेरो माथीबाट उडेर नजिकैको रूखलाई ढपक्क ढाकेर बसे । पठार मरूभूमिमा यात्राका बखत तिर्खाएर काकाकुल भएको एउटा यायवरले पानी पाएर तिर्खा मेटाएझैँ मलाई पनि धपेडीयुक्त यात्राका क्रममा भएका मनका छटपटहाट र न्यास्रोपन ती सुन्दर सवार प्रकृतिका अनुपम उपहारहरूको दृश्यापानले पूरै बिर्साएर मनलाई आनन्दित र पुलकित बनायो । जसबाट मलाई छेकम्पारसम्मको कठिन खण्ड पनि सहज पार गर्न हौसला प्रदान गरेको थियो ।
रामे भारी बोकेर घोडा झैं उकालोमा टाप कस्यो, दुई जना केटाहरू हेनरी र ब्राक्स्टन कमिला जस्तै उसैको पछि लागे । जतिजति माथि चढ्यो उतिउति चुम उपत्यकाले आफ्नो लुकेको स्वरूपलाई उजागर गर्दै थियो । छेकम्पार समुन्द्र सतहदेखि ३,०३१ मिटर उचाइमा अवस्थित एक सुन्दर शार्पा गाउँ हो । पूर्वतिर गणेश हिमाल, पश्चिममा शृङ्गा हिमाल र उत्तरमा तिब्बती हिमाली शृङ्खलाहरूले घेरिएको सानो चुम उपत्यकाको मनमोहक समतल भूमि यहीँबाट विस्तार हुँदै थियो ।
यो चुम क्षेत्रको मुख्य धार्मिक र अध्यात्मिक स्थल हो । त्यसका वरिपरि धेरै रमाइला रमाइला चरनहरू अग्ला पाटन, र तिब्बत तिर जाने भञ्ज्याङहरू गजधम्म उभिएका र सुतेका थिए ।
‘चुम’ भूमिका मानिसहरु आफूलाई ‘सुम्बा’ वा ‘शार्पा’ भनेर सम्पूर्ण वासिन्दाहरु अद्वितीय पहिचानका रुपमा गर्व गर्छन् । त्यहाँ दुईवटा डुप्क्यागुक्पा तीर्थ क्षेत्रहरू छन्, जसमा पुरुषका लागि मु गुम्बा र आनीहरूका लागि राचेन गुम्बा रहेका छन् । यिनले शार्पाको स्थानीय भूमिलाई स्वर्गीय आनन्द र पवित्रताको भूमि बनाउन ठूलो भूमिका खेलेका छन् । त्यति सानो क्षेत्रमा जनजीवन, सांस्कृतिक, प्राकृतिक विविधता हुनाले नै त्यो क्षेत्र पर्यटकको लागि आकर्षणको केन्द्र भएको हो । लञ्च पछाडि लामो माने पर्खाल र लामा गाउँ पार गर्दै बुर्जी पुग्यौँ । त्यसदिनको हाम्रो बास बुर्जीमै भयो । यो ठाउँ बस्ने हिसाबले छेकम्पारभन्दा रमाइलो र सुविधाजनक थियो । नजिकै मिलारेपा गुफा, सियारखोला पारिपट्टि राचेन गुम्बासँगै खुलेको उपत्यका । मिलारेपा बज्रयान बौद्ध मार्गका एक समर्पित साधक र सन्त थिए । करिब ९०० वर्ष अगाडि उनी हिमाली क्षेत्रका अधिकांश गुफाहरूमा साधना गर्ने क्रममा त्यहाँ पनि केही समय ध्यान साधना गरेका थिए भन्ने कुरामा त्यहाँका वासिन्दा तथा बौद्धमार्गीहरूको विश्वास रहेको छ ।
बुर्जीबाट फुर्बे, पाङ्दुन, निलेका सुन्दर बस्ती, खेतबारी, माने, चैत्य, र छ्योर्तेन साथै घाँसे मैदान र पहाडहरूका दृश्यहरूसँग सबै जना रमाउँदै थिए । तन मनलाई हाम्रा बेलगाम कदमहरूले अगाडि मु गुम्बातिर बढाउँदै थिए । सबै आ–आफ्नै धुन र शैलीमा रमाउदै गर्दा उचाइमा थकाइको महसुस कसैलाइ थिएन । त्यो थकाइ बिर्साउन त्यस ठाउँको खुला आकासमा फुर्रफुर्र विचरण गर्ने भद्राइ र भारद्वाज, कावा खाने लालचुच्चे र पितचुच्चे, तितु, बगेडी बाज, गिद्द, तित्रा र हिउँ कुखुरा, क¥याङकुरुङ, परेवा र मलेवाहरू को रमाइला गतिविधिको मुख्य भूमिका रहेको थियो । दिन पनि सफा मौसमका कारण त्यत्तिकै रमाइलो थियो । मु गुम्बा उच्च पवित्र र शान्त, समुन्द्र सतह देखि ३,९५३ मि. उचाइमा अवस्थित छ । यो चुम क्षेत्रको मुख्य धार्मिक र अध्यात्मिक स्थल हो । त्यसका वरिपरि धेरै रमाइला रमाइला चरनहरू अग्ला पाटन, र तिब्बत तिर जाने भञ्ज्याङहरू गजधम्म उभिएका र सुतेका थिए । त्यहाँको बसाइ पनि रमाइलो रह्यो ।
० ० ०
भोलिपल्ट अघिल्लो दिनकै परिदृश्य पुनरावलोकन राचेन गुम्बामा बास बस्न पुग्यौँं। त्यहाको वातावरण सेोम्य, सुन्दर र शान्त थियो । गुम्बाको प्रवन्धक तेन्जि शार्पाका अनुसार त्यहाका दुई गुम्बाहरूको व्यवस्थापन तिब्बती महायान बौद्ध धर्मको एउटा मुख्य शाखा काग्युक्पा मार्गी काठमाडौँ कपन गुम्बाको रेखदेख र सहयोगमा गरिन्छ । हामीलाई त्यहा रहुन्जेल त्यहाको आध्यात्मिक वातावरणले केही अलौकिक उर्जा प्राप्त भएझैँ आनन्द महसुस हुन्थ्यो । हामीले त्यहाँ राचेन गुम्बामा एक थप रात बिताउन पाए हुन्थ्यो भन्ने मनले सोच्दै थियो तर हामीलाई समयको पावन्दी थियो । त्यो आध्यात्मिक माहोल छोडेर हामी मनास्लु उपत्यका लागि छेकम्पार हुदै चुम्लिङतर्फ अघि बढ्दै थियौँ । आकाश घना बादलले छोपेको थियो तर हामी छेकम्पार पुग्दा नपुग्दै त्यो वर्षात् रोकियो, घना बादल फाटेर घाम लाग्यो । आकाश गाढा निलो भएर खुला र सफा भयो ।
छेकम्पारोदेखि चुम्लिङसम्मको लामो र विकट भिरालो बाटो, टाउकै फुटाउने टन्टलापुर घामको ताप र भोकले सबै जना लखतरान भयौँ । चुम्लिङबाट अघि बढेपछि लोक्पा नपुगी खाना खाने ठाउँ थिएन । तर चार जना पर्यटकहरू भने ठाउँठाउँमा लगातार र पालैपालो पाखा लाग्न थाले । सायद उनिहरूलाई त्यहाँको असन्तुलित खानाको कारण पेटमा गढबढीको समस्या हुन सक्छ तर उनीहरूले त्यो कुरा भनेनन् । तल झर्दा पनि उही बाँदर लड्ने भीरैभीरको घोडेटो बाटो पार गरेर लञ्च खान लोक्पा पुगियो ।
लञ्च पछि हामी चुम खण्ड पार गरेर नुब्री र उपल्लो मनास्लुतिर को बाटो पछ्यायौँ । हामीहरू डेङ्ग, बिही फेदी, घाप र नामरूङ हुँदै लिहिसम्म गयौँ । हामीले नामरुङ सीमा चेक पोस्टमा विषेश प्रवेश अनुमति पत्र जाच गर्ने क्रममा मेरो परिचय पत्र तथा पदयात्रा पथ प्रदर्शक इजाजत पत्रको बिषयमा विवाद उत्पन्न भयो किनकि त्यो बेला मेरो परिचय पत्र घरमै छुटाएको रहेछु तर प्रहरीको जिकिर अनुसार म सँग भएका प्रमाण अपुग थियो भएको पनि उनिहरूले राखे । मैले केही समय अनुनयन गर्दा पनि परमीटहरू कागजात फिर्ता दिइएन । परमीट जाँच गरीसके पछि प्रहरिले सोध्यो–
‘फोन नम्बर छ ?’
‘छ ।’
‘तपाईको परिचय पत्र छ ?’
‘घरमै छुटेछ कि के हो, फोटोले हुन्छ? परिचय पत्रको फोटो मोवाइलमा छ ।’
‘हुँदैन, लाइसन नभए गोरासँग ट्रेकिङ्ग जान पाउनुहुन्न ।’
‘मेरो पाहुनालाई बीचैबाट त्यत्तिकै छोडेर जानु त म ?’
‘यदि कोही लाइसन भको साथी छ भने उसैसँग पठाइदिनुस ’
‘पहिला यो कुरा मैले पाहुनालाइ भन्नु पर्छ । तर पाहुनाहरू धेरै अगाडि गैसके ।’
‘परमीट यही रहन्छ, लाइसन भको मान्छे ल्याउनुस् परमीट । पाहुना उसैलाई जिम्मा लगाइदिन्छौँ ।’
मैले धेरै अनुरोध गरेँ केही उपाय लागेन । परमीट चौकीमै छोडि उकालोमा पनि दौडादौड गरेर ल्ही पुगेँ । पाहुनाहरू ल्ही कटेर पारी पट्टी पुगेछन् । धेरै चोटी सीठी बजाएर उनिहरुलाई ल्हीमै बोलाएँ । ल्ही मै एकजना भाइ भेटेँ । अप्ठेरो परेकोले सबै कुरा उसँग भनेँ । भाग्यवस उ लाइसेन्स भएको ट्रेकिङ्ग गाइड रहेछ । उसले चौकीसम्म गएर पाहुनाको जिम्मा लिएर परमिट ल्याइदिन सहमत भयो । पाहुना फर्केर आइसके पछि उनीहरूलाई त्यो दिन ल्हीमै बस्ने कुरा गरेर ढिलो नगरी त्यो भाइ र म चौकीतिर कुद्यौँ । चौकीमा पुगेर उसले प्रहरीले सुझाए अनुसार परमिट लिएर ल्ही तिरै फर्क्यौँ । सहयोग गरेबापत उसको गुण तिर्न त म के सक्थेँ र तर केही दाम उसको हातमा थमाइदिएँ । उसले त्यो खुसीसाथ ग्रहण गरे । त्यो भाइको नाम अहिले बिर्सिए पनि यि पङ्क्तिमार्फत् उसलाई धेरै धन्यवाद छ ।
मैले चौकीमा उत्पन्न व्यवधानबारे विस्तृतरुपमा बताएपछि एमीले मेरो ढिलाइ हुनुको कारण सकारात्मक रुपमा बुझी जुन अत्यन्त सराहनीय थियो । एमी र कोल्टरले मलाई सकारात्मक तरिकाले सहानुभूति र हौसला प्रदान गरे । मैले उनीहरूलाई सहृदय धन्यवाद दिएँ । सामान बिर्सिए किन्न सकिन्छ । पैसा सकिए सापटी माग्न सकिन्छ तर आफ्नो परिचय हराएमा सापटी लिन वा किन्न सकिन्न । आवश्यक कागजातहरू र आफ्नो परिचय–पत्र छुटाउन हुँदैन । यस्तो विषयमा सदा चनाखो रहनुपर्दछ । अन्यथा मैले जस्तै दुःख पाउछन् सबैले ।
ल्हीमा हामी बसेको घरकी महिलाले त्यहाँको जनजीवन, उनको आफ्नो तथा यार्चा–गुम्बा (शरीरमा दूध भएको आधा जीव र आधा वनस्पति रूपी किरा) को बारेमा केही बताइन् –उनको नाम सोध्न बिर्सिएँ । जडिबुटीको व्यापारको सिलसिलामा उनी भारतको धेरैजसो ठाउँ घुम्न गएकी रहिछिन् । ल्हीमा खाजा खाएर सबेरै शो, ल्हो र श्यालाका सुन्दर बस्ती, खेतबारी, वनपाखा, चराचुरूङ्गी र ती ठाउँबाट देखिने मनमोहक दृश्य तिब्बतबीचको काठको असन्तुलित र अवैध व्यापार को स्मरण गरायो । त्यही व्यापारका कारण त्यो बेलाको हरियो घना जङ्गल अहिले ढुङ्गैढुङ्गाको बगैचा र केही समयपश्चात् घना बस्तीको रूप लेला भन्न सकिन्छ । तर पनि श्याला को सुन्दरता अतुलनीय नै छ । श्यालाको रमणीय वातावरण छोड्न मन नभए पनि हामी अगाडि नै बढिरह्यौँ । पुङ्गेन हिमनदीबाट बगेको डोमोनान खोलाको काठे पुल तरेर सामाको विशाल घाँसे मैदानतिर प्रवेश ग¥यौँ । नाइके चुचुराले अगाडि उभिएर स्वागत गरिरहेको थियो । सामाका चैत्य, छ्योर्तेन, माने पर्खालहरू र गाउँ बस्ती, पशुपंक्षी, जीवजन्तु सवैले नतमस्तक भएर नाइके चुचुराकै शैलीलाई पछ्याइरहेका थिए । अन्ततः त्यो दिनको यात्रा सामागाउँसम्म मात्रै रह्यो ।सामागाउँ मनास्लु हिमालको फेदमा र समुन्द्र सतहदेखि ३,५२० मिटरमा अवस्थित एक सुन्दर गाउँ हो । हिमाली शृङ्खला लाप्राङ गुम्बा, वीरेन्द्रताल, हिमनदी, वन्यजन्तु , गाउँको बनोट , संसकार संस्कृति र मुख्यतया मनास्लु हिमाल त्यहाको पर्यटकीय आकर्षणहरू हुन ।
होटेलमा पुगेपछि एकछिन थकाइ मारेर परमिट जाँच गर्न म चौकीतिरै लागेँ । जगत, नाम्रुङ्ग र सामागाउँको सबै चेकपोइन्टमा त्यो क्षेत्रको निःशुल्क परमिट धारी ब्राक्स्टन नै पहिलो नाबालक पदयात्री हुन पर्ने बताए । त्यहाँ अहिलेसम्म ब्राक्स्टन नै मनास्लु सर्किटमा पदयात्रा पुरा गर्ने पहिलो कान्छो पदयात्री थियो । पैदल हिंडेर दुरी पूरा गरेको थियो । त्यसपछि त म पूर्ण बिश्वस्त भएँ कि उही नै त्यो क्षेत्रमा अहिलेसम्मको कान्छो पदयात्री थियो । मैले यो कुरा मेरा पाहुना र एक किवी पत्रकार निकोलसलाई बताएँ । यो तथ्य जान्दा उनीहरू खुशी भएका थिए । ट्रेक पूरा गरिसकेपछि थर्डपोल ट्रेक्सले ब्राक्स्टनलाई मनास्लु सर्किटको कान्छो पदयात्रीको रूपमा सहभागिताको प्रमाण पत्र पठाएको थियो ।
सामागाउँ पुगेको दोश्रो दिन, लेक लाग्नबाट बच्नका लागि केही उचाइमा जलवायु सन्तुलन अभ्यास गर्नु थियो । त्यसैका लागि हामी मनास्लु हिमनदीतिरको आरोहण यात्रातिर लाग्यौँं । कच्चा उमेरका दुई बालक र उनीहरूका बाबुआमालाई लार्के पासको सफल यात्राका लागि तयार पार्न हिंस्रक पुङ्गेन पर्वतको हिमनदी क्षेत्र पुगियो । जहाँबाट पुङ्गेनको उच्च शिखर र यसको वरिपरिको क्षितिज, विशाल उपत्यका र प्रकृतिको भव्य उद्भव महसुस गर्न सकिन्थ्यो । त्यो क्षेत्र सबै सहासिक यात्राका भोकाहरूका लागि एक उपहार थियो ।
० ० ०
सामागाउँबाट हामी त्यसक्षेत्रको सबैभन्दा उचाइमा रहेको बस्ति साम्दो तिरलाथ्यौँं । फुच्चे ब्राक्स्टन उहिगति, उहि तागत र शैलीमा अगाडि बढिरह्यो । उसको दाजु हेनरी कहिले उसलाई पछ्याउछ त कहिले पछाडि लत्रिन थाल्छ । राम त झन अरूको मतलबै नराखी आफ्नै मनमर्जीमा लस्क्यो । तर म जहिले सबै जनालाई अगाडि लगाएर पछिपछि लुरूलुरू अरूलाई अगाडि हिड्न प्रोत्साहान गर्ने र आफू चाहि प्रकृतिसँग रमाउदै हिड्ने मेरो आफ्नै शैली र शिलशिला थियो । लमतन्न सुतेको उपत्यका साँढे चार घण्टामा पार गरेर बुढीगण्डकी माथिको काठको फड्के त¥यौँ । त्यसपछि दश मिनेट जति लाग्ने सानो उकालो उक्लिन हामीलाई आधा घण्टा लाग्यो । त्यो बेला, भोक त्यसमाथि थकाइको त के कुरा गर्नु ! उकालोपछि साम्दोगाउँसम्मको तेर्पायँ कट्न भने केही सजिलो भयो ।
लार्के भञ्याङ्गभन्दा अगाडि र बुढीगण्डकी सभ्यताको सिरानमा समुन्द्र सतहदेखि लगभग ३,७०० मिटरको उचाइमा रहेको सुन्दर प्राचिन गाउँ साम्दोमा पुगियो । हामी एउटा सामान्य लजमा बस्यौँं । लञ्चपछि हामी गाउँदेखि माथिको डाँडातिर घुम्न निस्क्यौँ । साथै उचाइमा बिस्तारै घुम्दा फिर्दा शरिरमा स्फूर्ति पनि बढ्ने र लेक लाग्ने डर नहुने र उचाइबाट देखिने दृश्य पनि उत्तिकै रमणीय हुने गर्छ । माथि जाँदै गर्दा अचानक चौरको कुनामा रहेको दुलाबाट अनौठो आवाज निकालेर एउटा ढाडे बिरालो जत्रै मुसाजस्तो जन्तु निस्क्यो ।
मैले भनेः ऊः ल हेर हेर के निस्क्यो?
उनिहरूले एकै मुखले सोधे के हो त्यो ?
‘हिमाली फ्याउमुसो ।’ मैले भनेँ
यस्तैयस्तै अन्य जन्तु पाखाभरी नाउर, गिद्द, लालचुचे हिमाली सिरेटोमा कावा खाँदै रमाइरहेका बेला त्यो अमेरीकन परिवार पनि हावामा कावा खाँदै रमाइरहेका थिए । मैले भोलिपल्ट जाने ठाउँ र लार्केपास को दिशा देखाइ दिए । त्यसले झन् उनिहरूलाई झन् उत्साह जागेको थियो । उचाइमा बढी चिसो सिरेटो चलेकोले बासतिरै फर्कियौँ ।
० ० ०
बिहानको ब्रेकफास्टपछि साम्दोबाट बिदाइ भएर तेर्सइ लार्के बजारतिर लाग्यौँं । काठको साँघु तरेर थोरै उकालो चढे पछि माने छोर्तेन कटेर बायाँ लाग्दा देखिने चेोर लार्के बजार हो । केही वर्ष अगाडिसम्म त्यस ठाउँमा तिब्बती ब्यापारी र स्थानियहरूले हाट बजार लगाउथे । त्यसैले त्यो चेोर लार्केबजारका नामले चिनिएको हो । अमेरीकन परिवार अघिअघि, ब्राक्स्टन झन अघि र म सबै भन्दा पछि आआफ्नै शुर, ताल र गतिमा हामी उचाइतिर बढ्दै गयौँं । मैले उनीहरूलाई अगाडि बढ्न मानसिक रूपमा कमजोर भएको महसुस हुन निदन उर्जाशिल कुरा गर्दै पाइला चाल्न सहयोग गरिरहे । करिब बयालीस त्रीचालीस सय मिटरको उचाइतिरको कुइनेठोमा पुग्दा मनास्लुले केहीदुरीसम्मको लागि आफ्ना पखेटा र शिर देखाइदियो । अरू शिखरहरूले त निरन्तर हामीलाई एउटा स्वप्निल चरणमा पुर्याएकै थिए । माउ मनास्लु भनेपछि उसको शान नै बेग्लै र प्रस्तुति नै बेग्लै यात्रीहरूको सोच र दृष्टिकोण नै बिशेष । त्यहाँबाट करिब डेढ घण्टाको हिडाइपछि हामी लार्के धर्मशाला ४,५०० मिटर पुग्यौँं ।
राम केही छिटो पुगेर पाहुनाहरूको ब्यागेजहरू कोठामा राखिसको रहेछ । सबैजना ले लञ्च खाइसखे पछि पाहुनाहरू थकाइ मार्न कोठा तिर लागे । एक घण्टा पछि धर्मशाला भन्दा अलि उचाइमा जाने निधो गरियो । पाहुनाहरू अलि थकित नै देखिन्थे तर पनि हावापानी सन्तुलनका लागि केही उचाइमा जानै पर्ने भनेर मैले सुझाएँ र सबै जना उकालो लाग्यौँ । केही घण्टा उच्च धरातलमा घुमेर जलवायु अनुकुल दिल दिमाग र बिचार लाई सबल बनाई भोलिपल्टको लार्के भञ्ज्याङ्गबाट अर्को उपत्यका तिर छिचोल्ने यात्रा को तयारी गर्दै पुन त्यो दिनको बास्थान तिर झर्येों ।
धर्मशालामा साँझपख सहासिक केटो ब्राक्स्टनको पेटमा केही समस्या भएछ, ज्वरो र वान्ता पनि भएकोले केही चिन्तित तुल्यायो । त्यस्तो गंभीरचाहिँ थिएन । अलिअलि उचाइ र असन्तुलित कारण उ विरामी परेको थियो एमी नै मेडिकल डाक्टर थिइ त्यसैले म त्यत्ति धरै चिन्तित पनि थिइन ।मैले उसलाइ रेकी हिलिङ्ग पनि गरिदिए।त्यसपछि उसलाइ निको हुन थालेछ। त्यो सुन्दा मलाई ज्यादै खुशी लाग्यो । एमी , ब्राक्सटन, हेनरी र कोल्टरको चुनेोति अन्तिम गन्तब्य लार्के भञ्ज्याङ माथि सहजता पूर्वक पाइला टेक्न सक्छन भन्ने बिश्वास बढ्यो । त्यो हाम्रा लागि नाबालकसँगको यात्राको चुनौतिपूर्ण र नयाँ अनुभव थियो ।
दोस्रो मेको बिहानको पाँच बजेतिर, सबैजना गन्तब्यको अन्तिम चुनौति लार्के भञ्ज्याङ लगभग ५,२०० मिटरतर्फ उकालियौँं । अन्ततः साँढे तीन घण्टाभित्र हामी उत्साह र खुशीले भरिएको मन र शरिर लिएर लार्केमा पुग्यौँं । त्यहाँ पुग्दा नीलो आकाशमा अडिए जस्ता पाङ्गबोचेन, हिन्दु, पोन्कर, हिमलुंग, काङ्गरू र लार्क शिखरहरू सुन्दर मुहार र मुस्कान दिएर पुष्पबृष्टी सहित हामीलाई स्याबासी दिइरहेका जस्ता थिए । विशेष गरी नौ वर्षे ब्राक्सटनलाई । म ति बालकहरू र उनीहरूका अभिभावकलाई हृदयदेखि अभिवादन गरी गर्वका साथ अङ्कमाल गर्दै केटाहरूलाई उठाएँ । चिप्ला बरफ, गेग्र्यान, चट्टानी अफ्टेरा खोच र ढाँडको भिरालो बाटो सावधानीसाथ पार गरेर तल भिमताङ्गमा ओर्ल्यौँ । धर्मशालाबाट भिमताङ्ग पुग्न हामीहरूलाई करिब नौ घण्टा लागेको थियो । परिस्थितिबस वास्तविक मिथकहरू बिर्सन्नौं । त्यसरी नै त्यो दिनको चुनौतीपूर्ण पदयात्रा बिर्सने छैनौँ । तर स्वर्गरूपी भिमताङ्ग पुग्दा त हामीले यात्राका सबै थकाइ, दुःख र कठिनाइहरू बिस्र्याै ।
० ० ०
भिमताङ्ग, मनाङको तिल्जे गाविसमा समुद्री सतहबाट ३,७०० मिटर उचाईमा अबश्थित भव्य भूमि हो । यो मनास्लु, चुरेन, लार्के भञ्ज्याङ्ग, काङ्गरू, पोन्कर, हिन्दू र हिमलुङ, मानसिरी र अन्य कालो र हरियो पहाड र धेरै अरू पर्वतमालाहरूले घेरिएको स्वर्गस्थली हो । मानास्लुको यात्रा पूरा भएपछि लार्के भञ्ज्याङ्ग पार गरेर तलतिर लाग्दा देखिने सुन्दर उपत्यका जहाँ प्रकृतिको स्वर्ग जस्तै अनुपम स्वरूप अनुभव गर्न सकिन्छ । थोरै ठाउँहरू मात्र त्यस्ता हुन्छन् जहाँ यात्रीहरू स्वर्गको अनुभूत गर्न सक्दछन् ।
यस्तो ठाउँमा सुरक्षित पुग्दा सबै जना खुशी थिए । रामरमितासँगै अर्को दिनको यात्रा योजनामा केन्द्रीत हुन थाले । बिहानीले मोहनीरूप देखाउँदा सबै त्यही रूपमा लठ्ठ भए यात्राको नयाँ अनुभव प्राप्त गरे । सवै जना सूर्यस्नान लिंदै सुन्दरतामा हराउन थाले ।
हामीले त्यस दिन त्यो ठाउँ छोड्नु थियो । मनास्लु लगायत भिमताङ्ग वरपरका हिमाल, पहाड र त्यहँका माटो, चट्टान, हिमनदी, हिउँपहिरो, रङ्गीबिरङ्गी फूलहरू, रूखहरू, नदीहरू र धेरै सुन्दर पंक्षीहरू सबैले परी झैं सम्मोहित गर्दै थिए र भन्दै थिए जस्तो लाग्थ्यो र हामीलाई केही सोधे जस्तो लाग्थ्यो, “के तपाईंहरू हामीलाई छोडेर जादै हुनुहुन्छ? उनीहरू हरेक सहासी पदयात्रीसँग प्रेममा झुमेका जस्ता थिए । र, भनिरहेका थिए– ‘तपाईंलाई सँधै स्वागत छ र म तपाईंलाई अङ्कमाल गर्न चाहान्छु । तपाईं म र मेरो संसारसँगै बस्न सक्नुहुन्छ । हामीले तपाईं यात्रीहरूलाई हाम्रो मुटुभित्र अटाएर राखिराख्ने छौँ । अहिले तपाईंहरू यहाँबाट छोडेर गएपनि हामीलाई नबिर्सनु होला । ‘फेरि फर्केर आउनुहोला’ आदि आदि ।’ तर हामीहरू के नै गर्न सक्थ्यौँ र ! त्यस स्वर्गको धर्ती र परीहरूसँग बिदाईका हात हल्लाई बाध्य भएर पाइला अघि बढाउनु बाहेक ।
थप यो पनि