नेपाल तामाङ घेदुङ मलेसियाको प्रथम अधिवेशन सम्पन्न भएको छ । आइतबार क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट राजेन्द्र वाईबा तामाङको अध्यक्षतामा २५ सदस्यीय समिति चयन गरेको छ । समितिको बरिस्ठ उपाध्यक्ष जगत दोङ तामाङ, प्रथम उपाध्यक्ष दावा थिङ तामाङ, द्वितीय उपाध्यक्ष लनम दोङ तामाङ, महिला उपाध्यक्ष साईली माया तामाङ ( सन्जना), महासचिव सबिन लोप्चन तामाङ, सचिव छेवाङ लामा तामाङ, संस्कृति बिभाग प्रमुख अमिर लोप्चन तामाङ, कोषाध्यक्ष विक्रम वाईबा तामाङ, सहकोषाध्यक्ष प्रकाश थोकर तामाङ रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा क्रमशः कुमार लोप्चन तामाङ, श्याम बहादुर तामाङ, दावा घिसिङ तामाङ, ज्ञानध्वज बोम्जन तामाङ, काजि तामाङ, भोज बहादुर तामाङ लोप्चन, जितु पाख्रिन तामाङ, खेम बहादुर तामाङ, भूवन वाईबा तामाङ र सबिना लोप्चन तामाङलाई चयन गरेको छ । संरक्षकमा पासाङ पाख्रिन र श्याम घिसिङ रहेेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि संघीय घेदुङका महासचिव महित कुमार तामाङले नवनिर्वाचित टोलीलाई शुभकामना दिए । बाबुले पहिचान, स्वतन्त्रता र समानुपातिक अधिकारका लागि घेदुङ राज्यसँग निरन्तर लडिरहेको बताए । उनले थपे- आरक्षण बचाउ अभियानमा रहेका लागि लडिरहेको जनजाति माथि प्रहरीको दमन अन्त्य हुनुपर्छ । र जबसम्म सरकारले ताम्सालिङ नामाकरण गर्दैन तबसम्म आन्दोलन जारिरहने छ ।
समारोहमा आदिवासी जनजाति महासंघ मलेसियाका प्रवक्ता ईश्वर राई, आदिवासी जनजाति पत्रकार महासंघ मलेसियाका महासचिव आरएन चौधरी (थारु), नेपाल जनप्रगतिशील मोर्चा मलेसियामा अध्यक्ष विजय लामा, नेपाल तामाङ घेदुङका संस्थापक स्याम घिसिङ तामाङ, पूर्वि एसिया क्षेत्रीय नेपाल तामाङ घेदुङ सदस्य तथा नेपाल तामाङ कलाकार संघ मलेसियाका अध्यक्ष फूर्वा दोर्जे मोक्तान, व्यवसायी समाज मलेसियाका अध्यक्ष इन्द्र लिम्बू र एनआरएनए मलेसियाका केन्द्रीय सदस्य दिल केरुङ रहेका थिए ।
जगत दोङले स्वागत मन्तव्य राखेको कार्यक्रममा स्थानीय कलाकारहरु कोष बोम्जन, अमिर लोप्चन, राजु तामाङ, तेन्जिङ बिक्रम वाईबा, सुमन बोम्जन, जिवन घ्लान, सिन्धु थोकर तामाङ, नबिन लुङ्बा तामाङ, रिक्देन पाखृन तामाङ, जीवन थोकर तामाङ, सञ्जना तामाङ, मिङ्खु लोप्चन तामाङ लगायतले बेजोड प्रस्तुति दिएका थिए ।