उत्तरगयाको महिमा, एकपटक पुग्नैपर्ने धाम

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

रसुवा र नुवाकोटको सङगम स्थलमा रहेको उतरगया धाम समुद्री सतहदेखि १४ सय मिटर उचाईमा पर्दछ । त्रिशुलीबाट ८ किलोमिटर रसुवा प्रवेश गर्ने द्घार हो, बेत्रावती । जहाँ उतर, फलाखु र सलाखु त्रिसङ्गम नदी रहेको छ । धार्मिक रुपमा सबैको आस्थाको केन्द्र मानिन्छ ।

पौराणिक कथन अनुसार सत्ययुगमा देवता र दानव मिलि समुन्द्र मन्थन गर्दा निस्केको हलाहल नामक कालकुट विषले संसार दग्ध गराउन लाग्दा सबै देवीदेवताहरू मिलि भगवान शिवकोमा पुगेछन् । महादेवले कालकुट विष पृथ्वीलाई बचाउन आफैले सेवन गरेछन् । त्यसपछि त्यो विष घाँटीमा अडकिएपछि छटपटिएर बेदको लौरो र त्रिशूल लिएर निस्किएको शिवजीले उतरगयामा आईपुगी पानीको प्यास मेटाउन बेदको लौरोले खोपेर सवैलाई पुण्य मिल्ने बेत्रावती नदीको उत्पति भएको भन्ने पौराणिक कथनमा उल्लेख छ ।

यस स्थानमा आन्तरिक तथा बाह्य पर्यटक विशेष गरी पुषे औंशीका दिन मृतात्मको नाममा श्राद्घ गर्ने गरिन्छ ।

चार धाममध्येको एक उतरगया धाममा ठुलो एकादशी, पुषे औशी, माघे संक्रान्तिमा भब्य मेला लाग्ने गर्दछ । सन् १८४९ मा नेपाल चीन युद्व हुँदा यही ठाउँलाई सन्धि सम्झौता समेत भएको थियो ।

‘यस धामलाई उचित संरक्षण र प्रचारप्रसारको आवश्यकता अझै रहेको छ’, उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले भने, ‘विश्वसामु चिनाउन सके हाम्रा गाउँपालिका लगायत धार्मिक पर्यटकको बृद्धि हुनेछ ।’ गाउँपालिकाको नामाकरण पनि यसैबाट भएकाले यसको थप संरक्षणमा गाउँपालिका अघि सरेको उनले बताए ।

स्थानीय समाजसेवी गणेश श्रेष्ठका अनुसार जीवनमा एकपटक उतरगयाधाम पुगेर मुख धोए मात्र पनि स्वर्गमा बास हुन्छ । उनले भने, ‘सन् १८४९ मा नेपाल र चिनबीच युद्व हुँदा लडाईमा प्रयोग भएको ढुङ्गा आजसम्म जिवन्त रहेको छ ।’

तीन गया गएपछि उतरगया जानैपर्ने धार्मिक मान्यता छ ।


अनेकतामा एकता भएको साझा फुलबारी रसुवाभित्र पाउमा उतरगया शरिरमा कालिका माई र शिरमा गोसाईकुन्ड महादेव छ ।

जिल्ला प्रवेश गर्ने बित्तिकै उतरगयाधामसँगै कालिका माईको दर्शन गरेर गुम्बा डाडा हुँदै छङगम देवि, डुप्चेश्वर, हुँदै डाँडा गाउँ ठुलोगाउँ, तिरू, गोगने, हाकु, नेसिङ लगाएतका ठाउँहरूको समेत अवलोकन गर्न सकिन्छ ।

नौकुन्डमा रहेको बिजुली ढुङगा, उतरगया गाउँपालिकाका अर्काे घलेगढी लगाएतका थुप्रै महत्वपूर्ण क्षेत्रहरु रहेकाले रसुवाको महिमा र पहिचान उच्च छ ।

तपाईको प्रतिक्रिया