१६ कलाकारको स्वर रहेको ‘मेरो देश नेपाल’को भिडियो सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

नेपालका ख्यातीप्राप्त १६ जना कलाकारको स्वर रहेको देश भक्ती गीत ‘मेरो देश नेपाल’ भिडियो सहित बुधबार सार्बजनिक गरीएको छ ।

गीतमा ख्यातीप्राप्त गायकगायिकाहरु राजेशपायल राई, प्रमोद खरेल, राज सिग्देल, अर्जुन पोखरेल, राजु परियार,मेलिना राई,कृष्ण काफले, अनिता चलाउने, बुद्ध लामा, निसान भट्टराई, किरण भुजेल,अस्मिता अधिकारी, प्रबिन बेडवाल, समिक्षा अधिकारी लगायतको स्वर रहेका छन् ।

निर्देशक बिधान कार्कीको निर्देशनमा तयार भएको बिपतीले हार मान्छ यहाँ ‘मेरो देश नेपाल’ गीतको भिडियोमा रुबिना अधिकारी संगै गायक गायीका सबैले अभिनय गरेकाछन् ।

गायिका अनिता चलाउनेको प्रस्तुतीमा डिभाईन म्युजिक तथा नेपसिनेको सहकार्यमा गीतको भिडियो तयार पारिएको हो ।


गीतलाई अहिलेका चर्चीत संगिंतकार अर्जुन पोख्ररेलले संगीत भरेकाछन् भने अम्बिका शर्माको शब्द रहेको छ । राष्ट्रिय भावाना समेटीएकोे गीतको भिडियोलाई उत्सब दाहालले छायाँकन र बिकाश दाहालले सम्पादन गरेकाहुन । गीतले राष्ट्रियताको आवाज बोलेको निर्देशक कार्कीले बताएकाछन् ।

नेपालीको दैनिकी र यसको सेरफोरो रहेको गीतको भिडियो मार्फत देश र राष्ट्रको माया जगाएको छ । निर्देशक कार्की पछिल्लो समयका ब्यस्त म्युजिक भिडियो निर्देशकका रुपमा रहेका छन । गएको महिनामा मात्र उनले करीब ४ वटा भिडियो निर्देशन गरिसकेकाछन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका