आगामी बुधबारदेखि मौसम बदली भई अधिकांश स्थानहरुमा वर्षा हुनेछ । मौसम पूर्वानुमान महाशाखाले ३ दिनको विवरण सार्वजनिक गर्दै भनेका छन्, ‘देशका केही स्थानहरुमा भारी वर्षाका साथै एक दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना छ ।’
त्यस्तै सोमबार देशको पूर्वी र मध्य भूभागमा सामान्य बदली हुने र पश्चिमका केही स्थानहरुमा भारी बर्षा हुने पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार पनि देशको पूर्व र मध्यका अधिकांश स्थान र पश्चिमका केही स्थानहरुमा बर्षा हुनेछ । पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘बुधबार देशैभर बर्षा हुने र एक दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना छ ।’ पूर्वानुमान महाशाखाले जारी विवरणमा जनाइएको छ, ‘पूर्व र पश्चिमका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।’ जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउनु पर्ने देखिन्छ ।