वर्षाका कारण पहिरो गएपछि अवरुद्ध कान्ति लोकपथको माल्टादेखि बगुवासम्मको सडकखण्ड पूर्ण रुपमा संचालनमा आएको छ ।
दुई हाप्ता अघि परेको भारी वर्षाले पहिरो गएपछि लोकपथको माल्टादेखि बगुवासम्मको अवरुद्ध सडकखण्ड बागमती गाउँपालिकाको सडक संजाल संघ र वडाका प्रतिनिधिको प्रयासमा संचालनमा आएको हो ।
गाउँपालिका अन्तर्गतको भट्टेडाँडा, माल्टा र प्युटारदेखि काभ्रेको तालढुंगासम्म पुग्ने मोटरबाटो पनि पहिरो हटाएर संचालनमा ल्याएको पालिका अध्यक्ष बीरबहादुर लोप्चनले जानकारी दिए ।
अन्य सडकखण्डहरु पनि भत्किएकाले मर्मत् सम्भारका कार्यहरु भइरहेका छन् । अध्यक्ष लोप्चनले भने, ‘बर्षा हुने क्रम जारी नै रहेकोले सजकता अपनाउनुपर्ने देखिन्छ ।’
सडक अवरुद्ध हुँदा दुध, तरकारी, फलफुल लगायतका कृषि उपजहरु बजारमा लाना नपाउँदा किसानहरु मार्कामा परेका थिए ।