नेपाल चेम्वर अफ कमर्स र जर्जिया चेम्वर अफ कमर्सबीच व्यापारिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सोमबार काठमाडौंमा एक कार्यक्रमबीच गणतन्त्र राज्य जर्जियाकातर्फबाट उपविदेशमन्त्री अलेक्जेण्डर केभाटिसिएसभिलीको उपस्थितिमा राजदुत आर्चिल डिजुलिएसभिलि र कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौताले दुई देशबीच दौत्य सम्बन्धको आधारमा व्यापारिक घनिष्टतालाई प्रगाढ बनाउनेमा कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्वास व्यक्त गरे ।
विश्वका विभिन्न देशमा आफ्नो राष्ट्रको व्यापारीक सम्बन्ध रहिआएकोमा नेपालसँग पनि सम्झौता गर्न पाएकोमा उपविदेशमन्त्री अलेक्जेण्डरले खुशी ब्यक्त गरे ।
कमर्सका पदाधिकारी, संचारकर्मी र व्यापारीहरुको उपस्थितिमा चेम्बरको तर्फबाट जर्जियाली प्रतिनिधिलाई थाङ्का र हस्तकलाका मायाको चिनो उपहार प्रदान गरियो ।