म्यान्मारमा सेनाले जातीय समूहविरुद्ध दमन गरिरहेको आरोप

सन्तोष योञ्जन तामाङ

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले म्यान्मारको रखाइन प्रान्तमा सेनाले जातीय समूहविरुद्ध दमन गरिरहेको आरोप आएका जनाएको छ ।

रखाइन राज्यमा सक्रिय विभिन्न छापामार समूहमाथि भइरहेको कारबाहीका क्रममा सेनाले गैरन्यायिक हत्या गरेको तथा यातना दिएको र मनोमानी ढङ्गले मानिसहरूलाई पक्राउ गरेको एम्नेस्टीले दावी गरेको छ । एम्नेस्टीद्धारा हालै सार्वजनिक गरिएको एउटा प्रतिवेदनमा सेनाले गरेको गतिविधिलाई युद्ध अपराधको सङ्ज्ञा दिएको छ ।

सेनाले भने उक्त आरोप अस्वीकार गरेको छ । तर हिरासतमा रहेका छ जना निस्शस्त्र व्यक्तिको गत महिना हत्या गरिएको अभियोग भने म्यान्मारको सेनाले स्वीकार गरेको छ ।हिंसा फैलिएको क्षेत्रका दर्जनौँ स्थानीय बासिन्दासँगको कुराकानी, त्यहाँको तस्बिर, भिडिओ र स्याटलाइट तस्बिरको अध्ययन गरेपछि एमनेस्टीले त्यस्तो आरोप लगाएको हो ।

यस अघि सन् २०१७ मा पनि म्यान्मारको सेनाले रोहिन्ज्या मुस्लिममाथि ठूलो दमन गरेको तथा मानवाधिकार उल्लङ्घन गरेको आरोप लगाएको थियो ।त्यतिबेला अल्पसङ्ख्यक जातीय समूह माथिको कारबाहीका कारण ७० हजारभन्दा बढीले म्यान्मार छोडेका थिए ।

अराकन आर्मी रिबेल्स नामक समूहलाई परास्त गर्न सरकारले आदेश दिएपछि सेनाले अहिले फेरी नयाँ कारबाही अघि बढाएको बताइएको छ । एमनेस्टीले तयार पारेको प्रतिवेदनमा सातवटा गैरकानुनी आक्रमणमा परेर १४ जना सर्वसाधारण मारिएको र २९ जना घाइते भएको बताइएको छ ।

एमनेस्टीले अराकान आर्मीमाथि पनि अपहरण गरेको र नागरिकलाई दुःख दिएको आरोप लगाएको छ । यो आरोपको पनि सो समूहका प्रवक्ताले खण्डन गरेको समाचारमा जनाइएको छ । – एजेन्सी

तपाईको प्रतिक्रिया

Ads by google

पत्रपत्रिका