चिपोर ग्राम्बारी सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

गायिका रेश्मा बम्जन र गायक तथा मोडल आरम्भ तामाङले तामाङ भाषाको म्हेन्दोमाया गीत ‘चिबोर ग्राम्बारी’ अर्थात डंडीफोर गालैमा सार्वजनिक गरेका छन् ।

गायिका रेश्माको यो पहिलो तामाङ भाषामा गाइएको गीत हुन् । उनी बिशेष गरेर लोक पप र फ्युजन गाउने गायिका मध्येमा पर्छिन् । त्यस्तै गायक तथा मोडल आराम्भले पनि दर्जनौ गीत गाइसकेका छन् ।

शैलेश वाइबाको शब्द तथा संगीत रहेका छन् , भने एरेन्जरमा राजु खड्का, मेकअप बिना घले सम्पादन तथा निर्देशन राजकिङ वाइबा, र सह निर्देशनमा एमबी गुरुङ रहेका छन् ।

प्रकाश वाईबा तामाङको छायांकन रहेको भिडियोमा गायक स्वयं, सुस्मा मोक्तान, निरन्जली तामाङ र एरिन तामाङले अभिनय गरेका छन् । ड्रोन क्यामेरा छायांकनमा रोशन फ्युबा तामाङले साथ दिइएको छ ।


भारी पुर्याएर आफ्नो रिक्साठेला चलाउदै फर्किने क्रममा एरिनले आरम्भलाई गीत गाउन अनुरोध गर्छन् । आरम्भले बैँसको गीत सुनाउदै माइच्याङहरुसँग नाच्दै गरेको कल्पना गर्छन् दुवैले । गालैमा देखिएको डण्डीफोरले बैँस छिप्पिएको संकत दिएको व्याख्या गरिएको छ ।

बैँसकै बारेमा कान्छा कान्छीबीच छेडछाड देखाइएको छ । यदि माया भएमा साथमा हिड्न अनुरोध समेत गरेका छन् ।

गायिका रेश्माले हालसम्म सेलो, आधुनिक, लोक पप र फ्युजन गरी दर्जन गीतमा स्वर दिइसकेका छन् । उनले स्वर दिइएका ‘डम्फु र सेलो’, ‘यो कान्छीको’, ‘मैले क्याराम भो….’ लगायतका गीतहरू चर्चामा छन् ।

रेश्मा सुनाउँछिन्–’ सानैदेखि गायन क्षेत्रमा रुची भएपनि विषयगत अध्ययन भइरहेको थिएन । पछि घरपरिवारले मेरो इच्छालाई बुझेको कारणले गर्दा पनि बी म्युजिक पद्मकन्या बहुमुखी क्याम्पसबाट उतीर्ण गरेको खुलासा गरिन् । त्यसैले त उनले थपिन्( संगीत जीवनको अभिन्न अंग बन्दै गइरहेको छ ।

त्यसैगरी गायक तथा मोडेल तामाङले लोकदोहरी गीत ल्याङल्याङ नगर…., सेलो नक्कली मैच्याङ…., मुस्ताङ गडिरी…., फेसबूक.. तामाङ ठिट्टा, सोनाम ल्होछार गरी झन्डै चालिसको हाराहारीमा गीत गाइसकेका छन् । चलचित्र सिङला माने, ङ्हो र श्होङमा अभिनय गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया