फूलैफुलले भरिएको सैलुङ (फोटोफिचर)

दोलखा

थुम्कैथुम्का मिलेर बनेको सय थुम्का नै सैलुङ हो । सैलुङमा ऋतुअनुसार परिवर्तनका रुपहरु देखिन्छ । बर्खाभरि सैलुङ फूल लगायत विभिन्न फूलहरु फूलेर प्रकृतिलाई सुन्दरता दिन्छ ।

दोलखाको सैलुङ गाउँपालिकामा रहेको सैलुङ पर्यटकका लागि अति रमणीय स्थल हो । महाभारत श्रृंखलाको अग्लो पर्वत सैलुङ समुद्री सतहदेखि ३१४५ उचाईमा पर्दछन् ।

सैलुङमा चैत वैशाखमा लालीगुराँस र माघ फागुनमा हिउँले पर्यटकलाई लोभ्याउँछ । यस्तै बर्खामास भने यहाँ विभिन्न जडीबुटी, फूलहरु फुल्दछन् ।

फूलैफुलको सुन्दरताले भरिएको छ सैलुङ । घुम्नाका लागि यहाँ अथाह ठाउँ छन् । सांस्कृतिक कथाहरु छन् । थुम्कालाई बादलले बेहुलीलाई घुम्टो ओढे झै गर्छ, घरी आउँछ घरी जान्छ ।


सैलुङलाई हामीले एक सिजनमा मात्रै घुमेर इच्छा पूरा हुदैन । यसको लागि हामी हरेक सिजनमा पुग्नुपर्छ । जसले सोही सिजनमा काया फेर्दछ ।

तस्विर गत वर्ष सैलुङ भ्रमणमा जाने बेला खिचिएका हुन् ।

तपाईको प्रतिक्रिया