दोलखामा एड्सको निशुल्क उपचार

सैलुङअनलाइन संवाददाता
0 Shares
दोलखा

दोलखा सदरमुकाम चरिकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र÷प्रस्तावित चरिकोट अस्पतालले एचआइभी एड्सको निशुल्क उपचार सेवा सुरु गरेको छ । अस्पतालले आइतबारबाट जिल्लाबाटै एचआईभी एड्सको निशुल्क परिक्षण सँगै निशुल्क उपचार सुरु गरेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विनोद दंगालले जानकारी दिए ।

अस्पतालमा एचआइभी एड्सको कार्यक्रम सञ्चालन भएपछि निशुल्क उपचार सेवा दिन थालिएको अस्पतालले जनाएको छ ।

डाक्टर दंगालका अनुसार दोलखाका करिव ७ जना एचआइभी÷एड्सका बिरामीले काठमाडौबाट औषधि सेवन गरिरहेका छन् । समाजमा गरिने घृणा एवं लाजका कारण उनीहरुले काठमाडांैबाट नियमीत उपचार सेवा लिन बाध्य बनेका छन् ।

प्रस्तावित चरिकोट अस्पतालले सुरु गरेकोे निशुल्क उपचार सेवाबाट एचआईभी÷एड्सका बिरामी र नयाँ प्रभावितले जिल्लाबाटै निशुल्क सहज उपचार सेवा प्राप्त गर्नेछन् ।

यसैबीच गत आर्थिक वर्ष १३ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आएपछि अस्पतालमा एन्टी स्नेक भेनम सेन्टर स्थापना गरिएको छ । उक्त केन्द्रबाट सर्पले टोकेका बिरामीको छिटो, छरितो र प्रभावकारी ढंगले निशुल्क उपचार गरिने अस्पतालले जनाएको छ ।

दोलखाको भिमेश्वर नगरपालिका, वैत्यश्वर गाउँपालिका लगायतका क्षेत्रबाट सर्पदंशका बिरामी आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया